रणवीर–आलियाको बिहे ?

बिहिबार, ०८ फागुन २०७६, ०३ : ०२ शुक्रवार
रणवीर–आलियाको बिहे ?

विगतमा रणवीर कपुरको नाम विभिन्न नायिकाहरूसँग जोडिए पनि कसैसँग दीर्घकालीन हुन सकेनन्। यद्यपि अहिले उनको नाम आलिया भट्टसँग जोडिएको छ। सायद उनलाई विगतको असफल प्रेमले केही ज्ञान प्राप्त भएजस्तो छ। त्यसैले उनको र आलियाको सम्बन्ध सन्तुलित देखिन्छ। दुवैको अन्तरवार्ता र सामाजिक कार्यक्रममा एकसाथ उपस्थित हुने सिलसिला हेर्ने हो भने उनीहरु प्रेममा रहेको पुष्टि हुन्छ।

पछिल्लो समय उपलब्ध विविध रिपोर्टले पनि दुवै बिहेका लागि गम्भीर रहेको पुष्टि हुन्छ। ओपन म्यागेजिन अनुसार २०२० डिसेम्बर ४ मा उनीहरु दुवैले मुख्य भूमिका निर्वाह गरेको ‘ब्रह्मास्त्र’ चलचित्र प्रदर्शन हुनुअगावै बिहे हुने पक्का छ। यसका लागि दुवैतिरको परिवार तयारीमा जुटेको कुरा सोही म्यागेजिनमा उल्लेख छ। आशा गरौँ, यो अर्को हल्ला नहोस्।

Leave A Comment