बच्चा जन्माउने प्रस्ताव

बिहिबार, ०८ फागुन २०७६, ०३ : ०६ शुक्रवार
बच्चा जन्माउने प्रस्ताव

रिहाना र साउदी अरेबियाका अर्बपति व्यवसायी हसन जमेलबीच सम्बन्ध तोडिएको धेरै भएको छैन। यस्तोमा रिहानालाई एउटा आत्मविश्वासी प्रशंसकबाट अनौठो प्रस्ताव आएको छ।

रिहाना न्युयोर्क फेसन विक इभेन्ट होस्ट गर्दै थिइन्। यही क्षण एउटा अपरिचित पुरुष उनको नजिक आएर भने, ‘मलाई लाग्छ, अब सारा संसारलाई एउटा खुसीको खबर दिने समय आयो। त्यो खुसीको खबर हो, तिमी मेरो बच्चाको आमा बन्दै छौ।’

ती पुरुषले रिहानालाई सम्बन्ध जोड्न प्रस्ताव गरेका थिए। यस अनपेक्षित प्रस्तावले रिहानालाई असहज महसुस गरिए तापनि भावभंगिमामार्फत ठाडो अस्वीकृति जनाइदिइन्। निकट स्रोतअनुसार रिहाना भर्खरै हसनसँगको सम्बन्धबाट बाहिर निस्कन सफल भएको र अब सधैँ एकल रहने प्रतिबद्धता स्पष्ट रहन्छ। हेरौँ, यो प्रतिबद्धता कहिलेसम्म हो !

Leave A Comment