बाँसबारी क्लबको जर्सी सार्वजनिक

सोमबार, १२ फागुन २०७६, ०१ : ३८ शुक्रवार
बाँसबारी क्लबको जर्सी सार्वजनिक

बाँसबारी क्लबले नयाँ प्रायोजक पाएसँगै नयाँ जर्सी पनि सार्वजनिक गरेको छ। फागुन १२ गतेबाट सञ्चालन हुने सहिद स्मारक ‘बी’ डिभिजन लिगमा भाग लिनका लागि प्रायोजक फेला परेसँगै उसले जर्सी पनि सार्वजनिक गरेको हो।

बाँसबारी क्लबलाई अराउन्ड दि हिमालयजले प्रायोजन गर्ने भएको छ। ‘बी’ डिभिजन लिगको तयारीमा रहेको बाँसबारी क्लब र टुरिजम क्षेत्रमा काम गरिरहेको कम्पनी अराउन्ड दि हिमालयजबीच आइतबार एकवर्षे प्रायोजन सम्झौता भएको हो।

क्लबका अध्यक्ष प्रेम थापा र हिमालयजका प्रबन्ध निर्देशक सुधा रमनले सम्झौतापत्रमा हस्ताक्षर गरे। प्रायोजन गर्ने अराउन्ड दी हिमालयजले क्लबलाई १० लाख रुपैयाँ नगद उपलब्ध गराउने पत्रकार सम्मेलनमा जानकारी दिइयो। आइतबारको सम्झौतापछि क्लबले अराउन्ड दि हिमालयज बाँसबारीको नामबाट फागुन दोस्रो साताबाट हुने ‘बी’ डिभिजन लिग खेल्नेछ।

सम्झौतापछि ‘बी’ डिभिजन लिग खेल्न लागेको बाँसबारीका अध्यक्ष प्रेम थापाले आफ्नो लक्ष्य उक्लिँदै ‘ए’ डिभिजन लिग खेल्ने रहेको बताए। लिगका लागि क्लबले ‘ए’ डिभिजन लिगको अनुभव बटुलिसकेका २२ खेलाडी र ३ प्रशिक्षकसँग सम्झौता गरिसकेको जानकारी दियो। क्लबको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक युगलकिशोर राई छन्। यस्तै क्लबले सहायक प्रशिक्षकमा निशान श्रेष्ठ र फिटनेसका प्रशिक्षक रूपमा भारतका कपिल फोगटलाई अनुबन्ध गरेको पनि  बताइएको छ।

Leave A Comment