पोर्न स्टारको राजनीति

मङ्गलबार, १३ फागुन २०७६, १२ : ३६ शुक्रवार
पोर्न स्टारको राजनीति

इटालीकी प्रख्यात पोर्न स्टार इलोना स्टेलरले आफ्नै एउटा नयाँ राजनीतिक दल बनाएकी छन्। पछिल्लो समय पेन्सन कटौती भएपछि आफूलाई बाँच्न गाह्रो भएको भन्दै उनले राजनीति गर्ने घोषणा गरेकी हुन्। ६८ वर्षीया इलोनाले सन् २०१८ यता सरकारले विभिन्न बहानामा सुविधा कटौती गरेर हैरान पारेको टिप्पणी गरेकी छन्।

सन् १९८० को दशककी सबैभन्दा प्रख्यात अश्लील चलचित्रकी हिरोइन उनलाई त्यो बेला ला सिसिओलिना भनी चिनिन्थ्यो।
सन् १९८७ मा उनी सांसद रहिसकेकी छन्। उनी आफू चुनावी र्‍यालीमा हिँड्दा टपलेस हिँड्ने गर्थिन्। सन् १९९१ सम्म उनी र्‍याडिकल पार्टीको तर्फबाट सांसद भएकी थिइन्। सांसद रहेका बेला उनले जेलमा यौन गतिविधि गर्न खुला पार्न पैरवी गरेकी थिइन्।

इराकले कुवेतमाथि आक्रमण गर्दाताका यदि इराकले कुवेतलाई आक्रमण गर्न बन्द गरे र मध्यपूर्व क्षेत्रमा शान्ति स्थापना भए आफू सद्दाम हुसेनसँग रात बिताउने घोषणा गरेर रातारात चर्चामा आएकी थिइन्।

राजनीतिबाट उनले अवकाश लिइसकेपछि हरेक महिना ३ हजार युरो पेन्सन पाइरहेकी थिइन्। गएको वर्षदेखि उनको पेन्सन हजार युरोले कटौती गरिएको थियो। यसबाट क्रुद्ध भएकी उनले भनेकी छन्, ‘पूर्व सांसदको मात्र भत्ता काट्ने अनि आफ्नो चाहिँ नकाट्ने ? यो कसरी हुन्छ ?’

नयाँ पार्टी डिएनए स्थापना गरेपछि उनले नामअनुसार प्रजातन्त्र, प्रकृति र प्रेमलाई जोड दिइने मात्र नभई पार्टीले यौन स्वतन्त्रताको पक्षमा वकालत गर्नेसमेत उनले बताएकी छन्।

Leave A Comment