सैनिकको तोपिलो प्रस्ताव

मङ्गलबार, १३ फागुन २०७६, १२ : ४३ शुक्रवार
सैनिकको तोपिलो प्रस्ताव

रुसका एक सैनिकले आफ्नी प्रेमिकालाई भ्यालेन्टाइन्स डेका दिन चकित पारिदिए। उनले आफ्ना साथीभाइहरुलाई ट्याङ्क नै बाहिर ल्याउन लगाए र ट्याङ्क वरिपरि राखेर मुटुको आकार दिए। त्यसपछि प्रेमिकालाई बीचमा उभ्याएर उनीसँग प्रेमको भीख मागे।

प्रेमको यो भीख मगाई जीवन्त बनाउनका लागि ती सैनिकले एउटा भिडियोसमेत बनाएका छन्। रोचक त के छ भने यस कुरालाई रुसको रक्षा मन्त्रालयले स्वीकृति मात्र दिएन, बनाइएको भिडियोलाई सामाजिक सञ्जालमा पोस्ट गरेर सबैलाई चकितसमेत बनाइदियो।

सैनिकले आफ्नी प्रेमिकालाई प्रेम प्रस्ताव गरिरहेका बेला हल्का हिउँ फुस्फुसाइरहेको देखिन्छ। यसको ठीक अगाडि टी–७२ बी थ्री ट्याङ्क प्रेमीप्रेमिका छेउ आएर सलामी दिइन्छ। यो भिडियो मस्कोबाहिरको अलाबिनोमा खिचिएको केहीको भनाइ छ।

भिडियोमा देखिएका डेनिस काजात्सेभ लेफ्टिनेन्ट रहेको र पे्रम स्वीकार गर्ने महिला एलेक्सान्द्रा कोपिटोभा रहेको बताइन्छ।

भिडियोमा सेनाका कर्णेलले आफ्नी प्रेमिकालाई घुँडा टेकेर प्रस्ताव गर्छन् र प्रेमिकाले मौनतामा टाउको हल्लाउँदै स्वीकृति दिन्छिन्।

‘प्रेममा ट्याङ्क कसरी आयो ?’ भाइरल भएको यो भिडियोमा टिप्पणी गरिएको छ, ‘यो त बहुतै अनपेक्षित भयो यार !’
अर्काले टिप्पणी गरेका छन्, ‘यत्तिको वृहद् तयारीको प्रेमप्रस्ताव सायदै कसैले राखेको होला !’

Leave A Comment