सबैभन्दा महँगो रक्सी बिक्रीमा

मङ्गलबार, १३ फागुन २०७६, १२ : ५२ शुक्रवार
सबैभन्दा महँगो रक्सी बिक्रीमा

रक्सीका पारखीहरुका आँखा यतिबेला संसारकै दुर्लभ रक्सीको संकलनमाथि छाएको छ। अमेरिकाको एक प्रख्यात व्यवसायीले आफूसँग संकलन भएका दुर्लभ रक्सीलाई इन्टरनेटमा डाक बढाबढमा राखेका छन्।

द ह्विस्की अक्सनर कम्पनीले यसलाई गज्जबको संकलन भनेको छ। सय वर्ष पुराना रक्सीहरु बेच्न राखिएको हो। पेप्सी कम्पनीको बोटल बनाउने जिम्मा पाएका रिचर्ड गुडिङको संकलनमा रहेका यी रक्सी बेच्न लागिएको हो। १० लाख डलरभन्दा बढी मूल्यका लगभग ३ हजार ९ सय बोतलहरु बेच्नमा राखिएका हुन्।

यिनलाई दुई भागमा बेच्ने बताइएको छ। पहिलो भागमा १९४९ बोतल रक्सीलाई १० दिनभित्र बेच्ने बताइएको छ। यी रक्सीहरु सय वर्ष पुराना हुन्। बाँकीका केही संकलनमा ६० र ५० वर्ष पुराना रक्सीहरु पनि छन्। 

गएको अक्टोबरमा एक बोतल बिक्री गर्दा १५ लाख डलर मोल तिरिएको थियो। यी रक्सी हात पार्नका लागि गएको अप्रिल महिनामा नै संसारभरिका हजारौँले आफ्नो नाम लेखाइसकेका छन्।

त्यसो त कतिपय रक्सीहरु ६० वर्ष पुराना भए पनि १८ डलरमा पनि किन्न पाइने कम्पनीले जनाएको छ। यी रक्सीका मालिक गुडिङको सन् २०१४ मा निधन भएको थियो। उनले हजुरबुबा जेम्स ए. गुडिङबाट उत्तराधिकारका रुपमा ती रक्सी पाएका थिए। जेम्स ए. गुडिङले पेप्सीकोला कम्पनीको बोटल बनाउने जिम्मा पाएका थिए। सन् १९३६ मा अमेरिकाको डेनभरमा उनले यो कम्पनीमार्फत् करोडौँ कमाएका थिए।

Leave A Comment