सेक्स थेरापिस्टको हत्या

बुधबार, १४ फागुन २०७६, १२ : ४३ शुक्रवार
सेक्स थेरापिस्टको हत्या

हलिउडमा सेक्स थेरापिस्टको परिचय बनाएकी एमी हार्विकको हत्या भएको छ। उनी एकताका कमेडियन ड्रिउ केरीसँग विवाहका लागि औँठी साटासाट गरेपछि हलिउडवृत्तमा परिचित भएकी थिइन्। उनी ३८ वर्षकी थिइन्।

बिहान सवा एक बजे उनका पार्टनर चिच्याउँदै छिमेकमा पुगेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी आइपुग्दा एमीको हत्या भइसकेको बताइएको छ। उनलाई घरभित्रै आक्रमण गरिएको थियो।

तीन तले घरको बार्दलीबाट हाम्फालेकी एमीको मृत शरीर फेला परेको थियो। बार्दलीबाट खसेपछि उनको मृत्यु भएको प्रहरीको अनुमान छ।

उनका पूर्व ब्वाईफ्रेन्ड गेरेथ पर्सहाउससँग झगडा परेपछि उनले बार्दलीबाट खसालेको अनुमान प्रहरीको छ। प्रहरीले पर्सहाउसलाई गएको शनिबार बिहान साढे चार बजे पक्राउ गरिसकेको छ।

दुई साताअघि मात्र पर्सहाउससँग भेटेकी उनले आफूलाई हानि गर्न सक्ने भनी एमीले केही साथीलाई बताएकी थिइन्। उनी सन् २०१५ मा ‘एडिक्टेड टु सेक्सटिङ’ वृत्तचित्रमा देखिएपछि चर्चामा आएकी थिइन्। यसअघि २०१४ मा उनको ‘द न्यु सेक्स बाइबल फर विमेन’ पुस्तक प्रकाशित भएको थियो।

Leave A Comment