ओली निवासमा उट्पट्याङ पूर्वमन्त्रीको बास

शनिबार, १७ फागुन २०७६, १० : २७ शुक्रवार
ओली निवासमा उट्पट्याङ पूर्वमन्त्रीको बास

मन्त्री बनेदेखि नै उट्पट्याङ कुरा गर्न सिपालु गोकुलप्रसाद बाँस्कोटाको सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जागिर पनि उट्पट्याङ् बोलीकै कारण खुस्कियो। अश्लील शब्दसहित सेक्युरिटी प्रेस खरिदमा कमिसन बार्गेनिङ् गरिएको अडियो टेप बाहिरिएपछि ओलीले उनलाई बालुवाटार बोलाएर गत विहीबार राजिनामा गराएका थिए। राजिनामा दिए पनि नैतिकहीन पूर्वमन्त्री बाँस्कोटा अहिले पनि बालकोटस्थित ओलीकै निवासमा बस्दारहेछन्। ओलीको दाहिने हातका रुपमा चिनिएका बाँस्कोटा ओलीका कति विश्वासपात्र हुन् भन्ने कुरा त बाँस्कोटाकै जिल्लामा गएर उनले भनेको कुरा ‘तुलाको एकातिर बाँस्कोटा र अर्कोतिर अरु सप्पै’बाट नै प्रमाणित भइहाल्छ।

ओलीकै घरमा बसेपछि मन्त्री नै नभए पनि त सहयोग त गरिहाल्लान् ! यस्ता नैतिक पतन व्यक्तिलाई च्यापेपछि ओलीको भ्रष्टाचारमा शून्य सहनशीलताचाहिँ कहिले आउने रहेछ ? बुझ्नै मुस्किल भयो बा !

राजनीतिमा पनि त नैतिकता त अवश्य चाहिन्छ ! अरुलाई पाठ पढाउने बाँस्कोटाकै नैतिकताको प्रश्न उठेपछि बालकोटबासीलाई कति सकस होला !

Leave A Comment