शवसँग बास

शुक्रबार, ०३ भदौ २०७३, १२ : ०३ शुक्रवार , Kathmandu
शवसँग बास

प्रशान्त महासागरमा पर्ने पपुवा द्वीपमा एउटा यस्तो जनजाति समुदाय छ, जसका सदस्य वर्षौंअघि मृत्यु भएका आफ्ना पूर्वजको शवसँग बस्ने गर्छन् । मृत्यु भएका पूर्वजको शवलाई उनीहरू ममीमा परिणत गर्छन् । शवमा धुवाँ लगाएर बनाइएका ममी वर्षौंसम्म सुरक्षित रहन्छन् ।
पश्चिम पपुवाको वामेना क्षेत्रमा बसोबास गर्ने दानी समुदायमा वर्षौं पुराना ममी प्रशस्तै छन् । यी ममी अघिल्लो पुस्ताहरूबाट हस्तान्तरण हुँदै आएका हुन् । समाचारमा जनाइएअनुसार अहिले शवलाई ममीमा परिणत गर्ने क्रम रोकिएको छ । तर, पहिले नै बनेका ममीलाई आगामी पुस्तामा हस्तान्तरण गर्दै लैजाने क्रम भने जारी छ ।
‘पुर्खाप्रति आस्था राख्ने यस समुदायले ममीको पूजाअर्चना गर्ने गरेको छ । पुर्खाको ममी साथ राख्ने परिवारमा अनिष्ट नआउने मान्यता यहाँ रहेकाले यस क्षेत्रका हरेक परिवार पुर्खाको ममी राख्न लालायित हुन्छ,’ समाचारमा भनिएको छ ।

Leave A Comment