सिप्यान क्रिकेट अवार्ड चैतमा

शनिबार, १७ फागुन २०७६, ०१ : २१ शुक्रवार
सिप्यान क्रिकेट अवार्ड चैतमा

दोस्रो संस्करणको एनसिसिएस सिप्यान क्रिकेट अवार्ड चैत तेस्रो साता हुने भएको छ। आयोजक क्रिकेट खेल संघ नेपाल (सिप्यान) ले क्रिकेट खेलमा आबद्ध खेलाडीलाई चैत २१ गते अवार्ड प्रदान गर्ने घोषणा गरेको हो।

अवार्ड कुल ५ विधामा प्रदान गरिनेछ। जसमा वर्ष खेलाडी महिला र पुरुष, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड रहेको छ। वर्षभरि गरेको प्रदर्शनका आधारमा प्रदान गर्ने वर्षखेलाडी महिला र पुरुषले नगद १ लाख ३२ हजार पाउनेछन् भने अन्य ३ विजेताले समान ६६ हजार पाउने आयोजकले जनाएको छ।

दोस्रो संस्करणका रूपमा आयोजना हुन लागेको अवार्डमा महिला र पुरुष दुवै तर्फका खेलाडीलाई समान पुरस्कार राखिएको सिप्यानका अध्यक्ष डा. मनीषराज पाण्डेले बताए।

यस्तै वर्षको उत्कृष्ट क्षणको अवार्डका लागि अनलाइन भोटिङको आधारबाट हुने बताइएको छ। त्यसका लागि चाँडै मनोनयन सार्वजनिक गरिने सिप्यानका अध्यक्ष पाण्डेले थपे। अवार्डका लागि खेलाडी छनोट गर्न प्राविधिक समिति गठन गरिने आयोजकले जनाएको छ।

Leave A Comment