सुनमायाले जितिन् महिला हाफ म्याराथन

शनिबार, १७ फागुन २०७६, ०१ : २५ शुक्रवार
सुनमायाले जितिन् महिला हाफ म्याराथन

ताप्लेजुङमा भएको हाफ महिला पाथीभरा म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन्। दौड मंगलबार बिहान ७ः५० बाट सुरु भएको थियो। उनले जितसँगै ८१ हजार १ सय ११ रुपैयाँका साथै मेडल र प्रमाणपत्र पाएकी छन्। त्यसैगरी, त्रिभुवन आर्मीकी सरिता वासीले दोस्रो स्थान हात पारेकी छन्। उनले जितसँगै ५१ हजार १ सय ११ रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाइन्।

फुङिलङको पाथीभरा चोकबाट सुरु भई नगर परिक्रमापछि पाथीभरा क्षेत्रको काफ्लेपाटी पुगेर तोक्मेस्थित भीमकाली गुल्मको खेल मैदान आइपुग्दाको करिब २७ किलोमिटर दुरीमा महिला हाफ म्याराथन भएको थियो।

Leave A Comment