आफ्नै बेइज्जती !

मङ्गलबार, २० फागुन २०७६, ११ : ४२ शुक्रवार
आफ्नै बेइज्जती !

हुन त सबैले आफ्ना बारेमा राम्रै लेखोस् भन्ने चाहना हुन्छ। आलोचना छाप्ने हिम्मत त विरलै सरकारको होला। तर हालै एउटा गज्जबको विरलै घट्ने घटना ब्राजिलमा घट्यो।

ब्राजिलको राष्ट्रिय पर्यटन बोर्डको आधिकारिक इन्स्टाग्राममा एउटा आलोचना गल्तीवश छापिन पुग्यो। गल्ती किनभने त्यो विवरण त्यहाँ छापिएको केही घण्टापछि बोर्डले त्यसलाई हटाएको छ।

भइदियो के भने एक जना पर्यटकले पर्यटन बोर्डलाई जानकारी दिँदै एउटा सूचना लेखेका थिए। सूचनामा थियो, ‘रियो साह्रै सुन्दर शहर छ।’ बोर्डका कर्मचारी ठाने, ओहो ! यस्तो राम्रो सूचना किन नहाल्ने ! तर ती कर्मचारीले तल पढ्दै पढेनन्।

विदलाई भन्ने व्यक्तिले लेखेका थिए, ‘तर सुन्दर हुनु मात्र पर्याप्त छैन है !’ तीन दिने भ्रमणमा ब्राजिल पुगेका विदलाईले लेखे, ‘परिवारै सहित यहाँ आएको त म र मेरी नौ वर्षे बहिनीले नराम्रो चोरीको सामना गर्नुप-यो। यस्तो अवस्थामा मैले अपार्टमेन्ट नै छोड्नुपर्ने भयो भने यस्तो अवस्थामा कसरी अरुलाई ब्राजिल घुम्न जाऊ भन्न सकिन्छ र ?’

यो सन्देश पूरा पढेर ह्वारह्वारी कमेन्ट आउन थालेपछि भने कर्मचारी नीलाकाला भइहाले। लगत्तै सो सेयर डिलिट हानिहालियो। त्यतिञ्जेल सयौँ प्रतिक्रिया आइसकेको थियो। रियो शहरमा हरेक वर्ष १० औँ लाख पर्यटकले भ्रमण गर्ने गर्छन्। यहाँ अपराध पनि उत्तिकै हुने गर्छ। गएको वर्ष मात्र राजधानी रियोमा ४ हजार हत्या, लगभग डेढ लाख लुटपाटको घटना दर्ता भएको थियो। २०१९ मा भने हत्या १९ प्रतिशत र लुटपाट ८ प्रतिशतले घटेको सोही इन्स्टामार्फत् जानकारी दिइएको थियो।

Leave A Comment