प्रियंकालाईं क्याट्रिनाको नैतिक समर्थन

बिहिबार, २२ फागुन २०७६, १० : २१ शुक्रवार
प्रियंकालाईं क्याट्रिनाको नैतिक समर्थन

प्रियंका चोपडा ग्रामी अवार्ड २०२० समारोहमा सेतो गाउनमा उपस्थित भएकी थिइन्। त्यस गाउनमा प्रियंकाको शारीरिक सुन्दरता निकै खुलेको थियो। तर कतिपयलाई उनको पहिरन उत्ति साह्रो जँचे। त्यसैले उनको पोशाक छनोटलाई लिएर निकै आलोचनासमेत भयो। अवार्ड समारोह सम्पन्न भएको निकै समय बितिसक्दा पनि उनको गाउनको चर्चा अझै सेलाएको छैन।

प्रियंकाकी आमाले भने पोशाकका बारेमा राम्रै प्रतिक्रिया दिएकी थिइन् तर पनि इन्टरनेटमा उनका विरुद्ध ट्रोल आउने सिलसिला भने रोकिएको छैन। विभिन्न प्रख्यात फेसन डिजाइनरहरु सामाजिक सञ्जालमा प्रियंकाको आलोचना गर्नमा व्यस्त छन्।

यस्तो अवस्थामा प्रियंकालाई केही बलिउड सेलिब्रेटीहरुले भने नैतिक समर्थन गरिरहेकै छन्। तीमध्ये क्याट्रिना कैफ एक हुन्। क्याट्रिनाले एउटा अन्तरवार्तामा भनेकी छन्, ‘अरुले प्रियंकाको पोशाकबारे के भने थाहा भएन। मैले पनि उनको पोशाक हेरेँ। उनी सुन्दर र आकर्षक देखिएकी थिइन्। सायद अरु मानिसले उनको फोटो राम्रोसँग हेरेनन् होला !’

एउटा सेलिब्रेटीले अर्को सेलिब्रेटीको बचाउमा नैतिक समर्थन जनाउनु आफैँमा प्रशंसनीय कार्य हो। एउटा प्रश्न, क–कसले प्रियंकाको त्यो फोटो राम्रोसँग हेर्नु भयो ?

Leave A Comment