बिहेको सस्तो चर्चा

बिहिबार, २२ फागुन २०७६, ११ : २६ शुक्रवार
बिहेको सस्तो चर्चा

आदित्यनारायण र नेहा कक्करको प्रेम सम्बन्धको चर्चा सञ्चार माध्यममा निकै भाइरल थियो। आदित्य इन्डियन आइडलको ११ को प्रस्तोता थिए भने नेहा त्यस कार्यक्रमको जजहरुमध्ये एक थिइन्। उनीहरु विभिन्न ठाउँमा एकसाथ पनि देखिए। उनीहरुको बिहे प्रेम दिवसको दिन हुने भनेर इन्डियन आइडल प्रसारण हुने टेलिभिजन च्यानलले पनि प्राथमिकतासाथ प्रचार ग-यो। यस विषयलाई लिएर पत्रपत्रिका लगायत अनलाइन मिडियामा अनेकन अड्कलबाजी आइरहेका थिए। यस्तोमा आदित्यको परिवारको तर्फबाट पनि नेहाजस्ती बुहारी भित्र्याउन पाए खुसी हुने भनेर हल्लालाई थप बल दिने काम गरे। यद्यपि प्रेम दिवस आयो तर उनीहरुको बिहे भएन। इन्डियन आइडल पनि सकियो र उनीहरुको प्रेम र बिहेको चर्चा पनि सेलायो। हालसालै एउटा अन्तरवार्तामा त्यो सबै टिआरपी बढाउने रणनीति रहेको बताइन्। यति मात्र होइन, सन् २०२० भित्र आदित्यको बिहे उनको प्रेमिकासँग हुने बताइन्।
यसपालि टिआरपीको खेल छैन। त्यसैले यो भनाइ सत्य रहनेमा विश्वास राखौँ।

Leave A Comment