बुढासुब्बा गोल्डकपमा मनाङ विजयी

शनिबार, २४ फागुन २०७६, ११ : ४८ शुक्रवार
बुढासुब्बा गोल्डकपमा मनाङ विजयी

एनओसी मनाङ मस्र्याङ्दी क्लब २२ औं बुढासुब्बा गोल्डकपमा मनाङ विजयी भएको छ। शनिबार धरान रंगशालामा भएको फाइनलमा प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै मनाङ च्याम्पियन भएको हो। मनाङको जितमा दयानन्द सिंह, निशान लिम्बु र विमल रानाले गोल गरेका थिए। पुलिसका भोला सिलवालले गोल गरे पनि सान्त्वनामा सीमित भयो। यो सिजनमा सहिद स्मारक लिगमा तेस्रो भएको मनाङको मोफसलमा यो पहिलो उपाधि हो।

बुढा सुब्बाको इतिहासमा भने मनाङको यो चौथो उपाधि हो। मनाङले यसअघि छैटौं, १३औं र १८औं संस्करणमा पनि उपाधि जितेको थियो। मनाङले छैटौँ र १८ औं संस्करणमा पनि पुलिसलाई हराउँदै उपाधि उचालेको थियो।

Leave A Comment