अमेरिकी औँठी पुग्यो फिनल्यान्ड !

मङ्गलबार, २७ फागुन २०७६, १२ : ३४ शुक्रवार
अमेरिकी औँठी पुग्यो फिनल्यान्ड !

सन् १९७३ मा किशोरी डेब्रा म्याकेनाले आफूले लगाएको औँठी ४७ वर्षपछि फेला पार्दा अचम्म मात्र मानेकी छैनन्, उनलाई यसमा विश्वासै लागेको छैन।

उनको यो औँठी अमेरिकाको पोर्टल्यान्डको वर्नविक मेइन शहरस्थित एउटा पसलमा दुर्घटनावश छोडेकी थिइन्। त्यो औँठीबारे उनले बिर्सिसकेकी थिइन् तर ४७ वर्षपछि फिनल्यान्डको एउटा जंगलमा एक जना धातुको काम गर्ने मानिसले फेला पारेर फर्काइदिएका छन्।

मेक्केना यतिबेला ६३ वर्षकी भइन्। उनले पोर्टल्यान्डको मोर्स हाइस्कुलमा पढ्दाताका यो औँठी गुमाएकी थिइन्।

औँठीमा उनी पढ्ने स्कुलको नाम खोपेको हुनाले औँठी फिर्ता पाउन सम्भव भएको हो। उनलाई जसले स्कुलताका प्रेम प्रस्ताव राखेका थिए, जीवनभर उनीसितै बाँकी जीवन बिताए। ४० वर्षे वैवाहिक जीवन बिताएपछि सान म्याकेनाको निधन भएको थियो।

सन् २०१७ मा सानको निधन भएको थियो। ६ वर्ष लामो क्यान्सरसँगको जुधाईपछि उनको निधन भएको थियो।

कलेज पढिसकेपछि सानले डेब्रालाई सो औँठी उपहारमा दिएका थिए। यो औँठी हराएपछि स्वयं डेब्राले पनि बिर्सिएकी थिइन्।

उता दक्षिणपश्चिमी फिनल्यान्डको सानो शहर कारिनामा आठ इन्ची माटोमुनि  काठ निकाल्ने क्रममा सो औँठी फेला पारिएको हो।

औँठी फेला परेपछि फिनल्यान्डका मिडियामा यसबारे चर्चा भयो। यो औँठी फेला पार्ने मार्को सारिनेनले मेटल डिटेक्टर प्रयोग गर्दा यो फेला परेको थियो। ‘म खासमा खजाना खोज्दै हिँडेको थिएँ,’ मार्कोले भने, ‘यस्ता सामग्रीहरु प्रायः बोटलभित्र हालेर फ्याँकिएका हुन्छन् ताकि कुनै व्यक्तिले रहस्यात्मक यस्ता कुरा फेला पारुन्।’

तर उनले यो औँठी फेला पारे। यसपछि मार्कोले औँठीका बारेमा सोधीखोजी गरे, स्कुलमा फोन गरे। कलेज पत्ता लगाए। अन्ततः १९७३ मा कलेज पास गर्ने एसएम नामक युवतीलाई खोजी छाडे।

डेब्राले जब यो औँठी घरैमा आइपुगेको चाल पाइन्, उनले आँशु थाम्न सकिनन्। उनकै घरमा औँठी हुलाकमार्फत आइपुगेको थियो।

‘जब मैले औँठी फेला पारेँ, म त अचम्मैमा परेँ,’ उनले भनिन्, ‘यत्ति धेरै नकारात्मकताको बास रहेको यो पृथ्वीमा यस्तो कोही पनि रहेछ, जसले कसैको भावना र वास्तविक सम्पत्तिलाई महत्व दिँदोरहेछ ! यो औँठी फेला पार्नेले नपठाइदिँदा पनि हुन्थ्यो तर उसले पठाइदियो। र, यसको मूल्य मेरा लागि कति छ भन्ने उनले चाल पक्कै पाएको हुनुपर्छ !’

आँखाभरि आँशु बनाउँदै उनले लामो समयसम्म हराइरहेको औँठीलाई नियाल्दै उनले भनिन्, ‘जब मेरा प्रेमी जो मेरा पति पनि थिए, उनी बितेपछि मलाई यसको मोल अमूल्य लाग्न थालेको छ।’ तर यो औँठी कसरी फिनल्यान्ड पुग्यो भन्ने चाहिँ आश्चर्य रहेको मिडियाले जनाएका छन्।


Leave A Comment