दिल जित्ने काइदा

बिहिबार, २९ फागुन २०७६, ०१ : ४९ शुक्रवार
दिल जित्ने काइदा

दिलजीत दोसाँजले अक्षय कुमारसँगको चलचित्र ‘गुड न्युज’ मा अधिकांश चलचित्र प्रेमी र फ्यानलाई रमाइलो गराएकै थिए। जसकारण चलचित्र पनि ब्लकबस्टर हुन पुगेको थियो।

केही दिनयता सामाजिक सञ्जालमा दिलजीत र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको छोरी इभान्का ट्रम्पको फोटो निकै भाइरल भएको छ। इभान्का बुबा, आमा र श्रीमान्सँगै भारत भ्रमणमा आएकी थिइन्। यही क्रममा फ्यानले फोटोसपको सहायताले दिलजीत र इभान्काको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिदिएका थिए। फोटोमा दिलजीत र इभान्का एकसाथ ताज महल अगाडि देख्न सकिन्छ। यही फोटो दिलजीतले आफ्नो आधिकारिक ट्विटर एकाउन्टमा ट्विट गरिदिए। त्यसमा क्याप्सन थियो, ‘म र इभान्का। उनी मेरो निकै पिछा लागेकी थिइन्। ताज महल घुमाउनका लागि हदैसम्मको कर गरेकी थिइन्। त्यसकारण ताज महल घुमाउन ल्याएँ। अस्वीकृत गर्न कहाँ सकिन्थ्यो र !’

सायद यो ट्विटले इभान्काको दिल जितेको हुनुपर्छ। त्यसैले उनले दिलजीतको ट्विटलाई पुनः ट्विट गर्दै कृतज्ञता प्रकट गरिन्। त्यहाँ उनले लेखेकी थिइन्, ‘मलाई ताज महल घुमाउन लगेकोमा धेरै धेरै धन्यवाद दिलजीत ! त्यो एउटा अविस्मरणीय क्षण थियो।’

अमेरिकी राष्ट्रपतिको छोरीबाट त्यो खालको प्रतिक्रिया आउँदा दिलजीतमा खुसीको सीमा रहेन र पुनः इभान्कालाई मेन्सन गर्दै लेखे, ‘ओ माई गड ! अतिथि देवो भवः ! म सबैलाई फोटो साँचो रहेको, फोटोसप नगरिएको भनेर सम्झाउँदै थिएँ। हामी फेरि चाँडो भन्दा चाँडो भेटौँला !’
दिलजीतको मनको लड्डु चाँडै पूरा होस्।

Leave A Comment