हावाको कला

सोमबार, ०३ चैत २०७६, ११ : ४३ शुक्रवार
हावाको कला

अमेरिकाको न्युयोर्कस्थित ह्यामबर्गमा पछिल्लो साता यति कडा हिउँ र हुरी आयो कि त्यहाँका घरहरु घर नरहेर हिउँघर बन्न पुगे। हेर्दा विश्वासै नलाग्ने आकृतिहरु बन्न थालेपछि त्यहाँका स्थायी बासिन्दालाई एक हिसाबले रमाइलो त भयो तर यतिबेला भने उनीहरु आतंकित छन्। कारण के भने अब घाम लाग्न थालेपछि यो हिउँघर पग्लिन थाल्छ र यसले घरलाई नै कमजोर बनाइदिन्छ।

ह्यामबर्गका बासिन्दाहरुको नजिकै एरी ताल छ। यो तालमा पानी कम र हिउँ नै बढी हुने गर्छ। नहोस् पनि कसरी ? हिउँदिला दिनमा यहाँ हिउँबाहेक अरु केही नै पर्दैन। पछिल्लो समय हिउँ पर्दा यति बाक्लो थियो कि त्यसमाथि चिसो सिरेटो पनि थपिएको थियो। सिरेटोका कारण अद्भूत चित्रकलाजस्तो नै बन्न पुग्यो।

रातभरिको सिरेटो र हिउँका कारण बिहान छ्याङ्ग हुँदा आफ्नो घर नै डिज्नेका फिल्ममा देखाइनेजस्ता रमाइलो घरमा परिणत भएको देख्दा घरमालिकहरुले रमाइलो त मान्ने नै भए तर यस किसिमको हिउँले घरलाई क्षति पार्ने विज्ञहरुको सुझावका कारण भने बासिन्दाहरु चिन्तित छन्।

कयौँ वर्षको अन्तरालमा यस्तो डरलाग्दो चित्र बन्ने गरी हिउँ र हुरी दुवै एकसाथ आएको स्थानीय बासिन्दाको भनाइ छ।

यो ठाउँमा लगभग आठ वर्षयता बसिरहेका एड मिस भन्छन्, ‘यस्तो कडा हिउँ परेको पनि थाहा थिएन र यत्तिको हुरी एक साथ थपिएको पनि थाहा थिएन। कि त हिउँ पथ्र्यो कि त हुरी मात्र आउँथ्यो। यसपाला चाहिँ बढी नै भयो। तर हाम्रालागि सबैभन्दा चिन्ताको कुरा चाहिँ यसरी हिउँ अख्रक्क परेर बसेको छ, पग्लिन थालेपछि हाम्रो घरलाई केही क्षति पु¥याउला कि भन्ने लागिरहेको छ। विशेषज्ञहरुबाट यसबारे थप जान्न चाहिरहेका छौँ।’

‘हुन पनि यस्तो आकृति बनेको छ कि हेर्दा वास्तविक छन् तर कस्तो परीकथामा देखाइनेजस्ता आकृति बनेका छन्। यी आकृतिका कारण हिजोआज मलाई डर नै लाग्न थालेको छ,’ उनले थपे। गएको शुक्रबारदेखि सोमबारसम्म लगातार हिउँ र हुरी परेको थियो।

यहाँको तापक्रम यतिबेला –११ डिग्री सेल्सियसमा झरेको छ। ‘हेर्दा त यी आकृति राम्रा छन् तर यिनको भार कडै छ जस्तो लाग्छ। कुन दिन झ्याम्म छतै झरिदेला र किच्ला भन्ने डरले कहिलेकाहीँ त निद्रै लाग्दैन।’

यस्तो आकृति कसरी बन्यो त ? विज्ञहरु भन्छन्, ‘छेउको तालबाट हुरीले पानी बगाउँदै ल्यायो र छ्यापछ्यापी हानेपछि चिसोका कारण यो अख्रक्क पर्न थाल्यो। सोही कारण यति सुन्दर आकृति बनेको हो।’

यस किसिमको हिउँले घरलाई कति क्षति पु(याउँछ भन्ने कुरा चाहिँ हिउँ पग्लिन थालेपछि मात्र थाहा हुने सहरका प्राविधिक विकास सचिवले जनाएका छन्। तनाव आफ्नो ठाउँमा छ तर दृश्य त मज्जै आउने किसिमका छन् नि, होइन र ?

Leave A Comment