भेडोलाई लात हान्दा जरिवाना

सोमबार, ०३ चैत २०७६, ११ : ५३ शुक्रवार
भेडोलाई लात हान्दा जरिवाना

स्कटल्यान्डका एक ऊन किसानलाई उनले भेडाहरुको ऊन निकाल्दा तिनीहरुमाथि अत्याचार गरेको भिडियो सार्वजनिक भएपछि उनलाई जरिवाना तिराइएको छ।

५९ वर्षीय विलियम ब्राउनलाई भेडालाई लात हानेको भन्दै स्कटल्यान्डको एनिमल हेल्थ एन्ड वेल्फेयर एक्ट २००६ अन्तर्गत जरिवाना तिराइएको हो। विलियमले ७१५ डलर जरिवाना खनखनी तिरेका छन्।

उनले पनि भेडालाई लात हानेको कुरालाई स्वीकारेका थिए। आफूले त्यसको ऊन निकाल्ने बेलामा यता र उता दौडिएका कारण समयमा काम नसकिएर हैरान भएपछि दुई लात हानेको स्वीकारेका हुन्। यो घटना राजधानी एडिनबर्गको दक्षिणी भेगस्थित पनिकुइकको भेडा फारममा घटेको थियो। सन् २०१८ को सो घटनामा उनलाई दोषी करार गर्दै जरिवाना तिर्ने आदेश स्थानीय अदालतले दिएको हो।

भिडियो सार्वजनिक भएपछि यस घटनामाथि स्कटिस सोसाइटी फर द प्रिभेन्सन अफ क्रुएल्टी टु एनिमल्स नामक संस्थाले छानविन थालेको थियो। सो संस्थाले गल्ती देखिएपछि सोको जानकारी अदालतलाई दिएको थियो।

जनावरमाथि हुने अत्याचारको रेखदेख गर्ने संस्था एसपिसिएका प्रमुख निरीक्षकले भने, ‘यस किसिमको तिरो र जरिवानापछि जनावरलाई इज्जत गर्नुपर्ने कुरा दिमागमा घुस्छ भन्ने हाम्लाई लागिरहेको छ।’

Leave A Comment