ज्याकलिनको रहस्योद्घाटन

बिहिबार, ०६ चैत २०७६, ११ : ३२ शुक्रवार
ज्याकलिनको रहस्योद्घाटन

भूतपूर्व मिस युनिभर्स श्रीलंका २००६ विजेता ज्याकलिन फर्नान्डेज एक दशकदेखि बलिउडमा सक्रिय छिन्। यस अवधिमा किक, हाउसफुल २, ढिसुम जस्ता केही सफल चलचित्रसमेत दिइसकेकी छन्। अन्ततः विदेशी नागरिक भएर पनि आफूलाई बलिउडमा स्थापित गर्न उनी सफल भइन्।

जो कोहीलाई बलिउडमा प्रवेश पाउन निकै सङ्घर्ष गर्नुपर्ने हुन्छ। यस्तोमा ज्याकलिन अछुतो रहन सकिनन्। बलिउडमा सङ्घर्षरत हुँदा उनले विभिन्न प्रतिक्रिया, टीकाटिप्पणी र सुझावको सामना गर्नुप¥यो। यही विषयबारे उनले पिंकभिल्लालाई दिएको अन्तरवार्तामा स्पष्ट पारेकी छन्। बलिउडमा प्रवेश गर्दा सामना गर्नुपर्ने उल्झनको रहस्योद्घाटन गरेकी छन्।

अन्तरवार्तामा ज्याकलिन भन्दै थिइन्, ‘सुरुवाती दिनमा मैले केही अनौठो सुझाव पाएकी थिएँ। एक, ज्याकलिन पश्चिमी व्यक्तिको नाम जस्तो सुनिने हुँदा यसलाई परिवर्तन गरेर मुस्कान बनाउन भनिएको थियो। यति मात्र होइन, केहीले त नाकको शल्यक्रिया गर्न पनि भनेका थिए। यी सम्पूर्ण सुझावहरु मैले अस्वीकृत गरिदिएँ। आफ्नो वास्तविक व्यक्तित्वमा खुसी रहने कुरामा प्रतिबद्ध रहेँ।’

ज्याकलिनको प्रसंगबाट बलिउडमा सफल कलाकार हुन नाम होइन, कलाको विशेष महत्व रहने पुष्टि हुन्छ।

Leave A Comment