काजोलको चतुर्‍याइँ

बिहिबार, ०६ चैत २०७६, १२ : २१ शुक्रवार
काजोलको चतुर्‍याइँ

बलिउडको सशक्त जोडी अर्थात् अभिनेता अजय देवगन र अभिनेत्री काजोलले हालसालै विवाहको २१ औँ वार्षिकोत्सव मनाएका छन्। उनीहरुको बिहे सन् १९९९ को फेब्रुअरी महिनामा गुपचुप रुपमा भएको थियो। आखिर उनीहरुजस्तो सफल सेलिब्रेटी जोडीको बिहे कसरी गुपचुप हुन सफल भयो त ? किन पत्रपत्रिकामा उनीहरुको बिहेको फोटो प्रकाशित भएन ? यस विषयबारे काजोलले मुम्बई मिररलाई दिएको अन्तरवार्तामा खुलाएकी छन्।

विवाह हुने ठाउँ र अरु विवरणहरु सार्वजनिक नगरेको अवस्थामा पापाराजी (पत्रकार) कुनै पनि हदसम्म गएर बिहेबारे सम्पूर्ण विवरणहरु पत्ता लगाउन सक्थे। यस कुराप्रति काजोल सचेत थिइन्। त्यसैले सम्पूर्ण विवरणहरु लुकाउनुभन्दा सार्वजनिक गर्नु उपयुक्त रहेको ठानिन् तर काजोल र अजय विवाह गुपचुप होस् भन्ने चाहन्थे। यस्तोमा काजोलले एउटा आइडिया प्रयोग गरिन्। यसो भनौँ, चतु¥याइँ गरिन्। बिहेबारे सम्पूर्ण विवरणहरु पापाराजीलाई दिइन् तर ती सम्पूर्ण विवरण झूटा थिए। जसकारण उनीहरुको बिहेमा पापाराजी उपस्थित हुन सकेनन् र बिहे गुपचुप रुपमा सम्पन्न भयो।

Leave A Comment