चुम्बनमा प्रतिबन्ध

बुधबार, २६ चैत २०७६, ०३ : ४५ शुक्रवार
चुम्बनमा प्रतिबन्ध

युरोप–अमेरिकामा अभिवादनको एउटा शैलीमा गाला जोड्ने र कतिपय अवस्थामा गालामा चुम्बन गर्ने पनि रहेको छ। खासगरी इटालीमा त एकअर्कालाई चुम्बन गर्ने नै बढी चलन छ। यस्तो अवस्थामा पश्चिमा मुलुकमा कोरोना आतंक अलि बढी नै छ। त्यति मात्र होइन, प्रेमका मामिलामा बढी नै खुकुलो सोच राख्ने फ्रान्स र विशेषगरी पेरिसका प्रेमी–प्रेमिकाहरु डेटिङमा जाने कि नजाने दोधारमा छन्।खासगरी इटालीमा त एकअर्कालाई चुम्बन गर्ने नै बढी चलन छ। यस्तो अवस्थामा पश्चिमा मुलुकमा कोरोना आतंक अलि बढी नै छ। त्यति मात्र होइन, प्रेमका मामिलामा बढी नै खुकुलो सोच राख्ने फ्रान्स र विशेषगरी पेरिसका प्रेमी–प्रेमिकाहरु डेटिङमा जाने कि नजाने दोधारमा छन्। डेटिङमा जाने हो भने मास्क लगाउने कि नलगाउने ? हात मिलाउने कि नमिलाउने ? हातमा हात राखेर हिँड्ने कि नहिँड्ने भन्नेसमेत दोधार परेको छ।

पेरिस यसै पनि रोमान्सको राजधानी हो र यहाँ प्रेम खुल्लमखुल्ला अभिव्यक्त गरिन्छ। कोरोनाको यस आतंकका बीचमा केही भने कोरोना भाइरसलाई चुनौती दिँदै प्रेम प्रदर्शनलाई प्राथमिकता नै दिने गरेका छन्। हिजोआज एफिल टावर छेउछाउमा मस्तसँग प्रेममा डुबिरहेका जोडी तुलनात्मक रुपमा कम देखा परे पनि कम भने भएका छैनन्। उनीहरुको प्राथमिकतामा पहिलो प्रेम र दोस्रोमा कोरोनाको सचेतना देखिएको छ।

चित्रमा देखिएका क्यामिली र ओलिभरको यो दोस्रो डेटिङ हो। उनीहरु टिन्डर नामक सामाजिक सञ्जालमा भेट भएयता दोस्रो पटक यसरी सार्वजनिक ठाउँमा भेट्दै छन्। ओलिभरले क्यामिलीलाई पहिलो भेटमा सामान्य कफी अफर गरे भने यो दोस्रो भेटमा आफैँले खाइरहेको चिसो पिउन आग्रह गरे। त्यसपछि उनीहरु सिनेमा हलमा चल्तीको फिल्म हेर्न पुगे।

‘दोस्रो भेटमा एउटै कोल्ड ड्रिङ्क पिउन ओलिभरले आग्रह गरे,’ क्यामिलीले भनिन्, ‘केही सेकेन्ड चाहिँ म हच्किएँ। फेरि सोचेँ, यदि मलाई ऊ मन पर्छ भने एउटै स्ट्रबाट चिसो पिउनु के आइतबार हो र ?’

चुम्बन पनि गरे
कोरोना भाइरसले संसारभर फैलाएको व्याधिका कारण स्वयं विश्व स्वास्थ्य संगठन पनि चिन्तित छ। तर उसले प्रेमी–प्रेमिकालाई लक्षित गरी कुनै नयाँ सचेतना पत्र काटेको छैन।

विश्व स्वास्थ्य संगठनले विज्ञप्तिमा भनेको छ, ‘हामीले सबै सामाजिक कृत्यमा हामीले यसको रोकथामका लागि सुझाएका क्रियाकलाप गर्न आग्रह गरेका छौँ।’

सुझावमा छ, नियमित रुपमा हात धुऔँ, ज्वरो र खोकी लागिरहेको बेलामा यात्रा नगरौँ र रुमालले नाकलाई छोपेर मात्र हाछ्यूँ गरौँ।

रमाइलो जारी छ
यो भाइरस मानिसको -यालमा यात्रा गर्छ। यस्तो अवस्थामा कसैलाई चुम्बन गर्दा सो ¥याल अर्को व्यक्तिमा सर्ने पक्का छ। यस्तोमा युवायुवतीले सकभर चुम्बन नगरेकै बेस भन्ने सुझाव चिकित्सकहरुको छ। गाला जोडेर गरिने अभिवादनमा त सरकारहरुले आपत्ति जनाइरहेका छन् भने चुम्बनै गर्ने कुरामा झन् आपत्ति हुने भइहाल्यो।

रोचक कुरा चाहिँ के छ भने डेटिङका क्रममा चुम्बन गर्न नहुने भनेर चिकित्सकले सुझाव दिइरहेका बेलामा भने यौन सम्पर्कका बेलामा यो रोग सर्छ कि सर्दैन भन्ने विवाद गर्न थाल्नेहरु जन्मिएका छन्।

टिन्डर नामक यौन सम्पर्कका लागि केटाकेटी भेट गराइदिने सामाजिक सञ्जालले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘तपाईंहरुको रमाइलोमा कुनै घात परोस् भन्ने हामी चाहन्नौँ। तर तपाईंहरुलाई कोरोना भाइरस सरोस् भन्ने हाम्रो कुनै चाहना छैन।’

जसै टिन्डरमा तपाईंले कसैसँग म्याच गर्नुहुन्छ, त्यो बेला पुलुक्क टिन्डरले यो सूचना जारी गर्छ कि हामी मान्छेलाई जोड्न चाहन्छौँ तर अस्तित्व नै मेट्ने अवस्थामा हामीले धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ। कुनै संक्रमित व्यक्ति १.८ मिटरमा छ भने अरुलाई सार्न यो दुरी (६ फिट) काफी हुन्छ।

‘टिन्डरमा त झन् मान्छे–मान्छे भेट्नैपर्छ, नजिक हुनै पर्छ,’ पाँच करोडभन्दा बढी सदस्य बोक्ने यो कम्पनीले भनेको छ, ‘यस्तो बेलामा हामीले सचेत हुनुबाहेक अरु के गर्न सक्छौँ र ?’

पेरिसकी ३९ वर्षीया सेलियाले नचिनेको मान्छेलाई टिन्डरबाट भेट्नु निकै रोचक हुँदै अनलाइन फ्लर्टको मज्जै बेग्लै हुने बताइन्। ‘यो भाइरसको आतंकका बेलामा त झन् संसारै सकिने हो कि भन्ने भान भइरहेको छ र यस्तोमा झन् नचिनेका मान्छेसँग फ्लर्ट गर्नु त गज्जबै हुने रहेछ !’ सेलियाले उत्साहपूर्वक भनिन्।
तर केही घण्टामै उनका सम्भावित पार्टनरलाई ‘ज्वरो’ आएका कारण टिन्डर भेट रद्द गर्नुप-यो।

आतंकले प्रेम खोज्ने बढे !
कोरोना आतंकका कारण अनलाइनमा साथी खोज्नेको संख्या बढेको छ। फ्रान्समा भएको पछिल्लो शोधमा सो कुरा देखिएको हो। कोरोनाको तनाव बढेसँगै यसबारेमा छलफल गर्न साथी खोज्नेको संख्या बढेको टिन्डरका फ्रान्सेली शाखाले जनाएको छ।

कोरोनाको आतंकले साथीभाइहरु भेला हुने मेलो पनि जुराएको छ। पेरिसको एउटा पबमा भेला भएको एउटा समूहले यतिबेला कोरोना भाइरस छलफलको राम्रो विषय भएको र केटीहरुसँग कुरा गर्न सजिलो पारिदिएको समेत बताए।

‘जब हामी नयाँ साथी फेला पार्छौं, त्यो बेला सारा तनाव बिर्सन्छौँ,’ ३० वर्षीया जिनीले भनिन्। यता यौनको खोजीमा स्विङ्गर क्लबमा पुग्नेहरुको संख्या चाहिँ उल्लेख्य घटेको कम्पनी सञ्चालकहरुले बताएका छन्। ‘३० प्रतिशतभन्दा बढी ग्राहक घटेका छन्,’ एउटा क्लबका सञ्चालकले भने, ‘अब त यो अझ बढ्लाजस्तो छ तर पनि सेवा बन्द गर्नेबारे हामीले सोचिसकेका छैनौँ। बरु आउने ग्राहकका लागि बढीभन्दा बढी स्वस्थ रहने फर्मुला ठीक पारेर बसेका छौँ।’

उनले भने, ‘हामीले प्रवेश द्वारमा नै ग्राहकहरुलाई मास्क र अन्य सर्जिकल सामग्रीहरु दिने व्यवस्था मिलाएका छौँ।’

Leave A Comment