सुनको विमान

शनिबार, ०४ भदौ २०७३, ११ : ४० शुक्रवार
सुनको विमान

मलेसियाका एक व्यक्तिले सुनको विमान बनाएका छन् । विलासप्रिय यी सुल्तान अहिले सर्वत्र चर्चाको पात्र भएका छन् । 
इब्राहिम इस्माइल नाम गरेका यी व्यक्तिसँग बोइङ–७३७ विमान थियो । विमानमा उनले सबैतिर सुन जड्न लगाए । विमानलाई सुनले छोप्न उनलाई एक अर्ब रुपैयाँभन्दा बढी लाग्यो । विमानमा सुन जड्न कालिगढहरूलाई दुई वर्ष लागेको थिो । 
विमानमा एउटा डाइनिङ रुम, बेड रुम र तीनटा किचन छन् । यसमा २५ देखि ३० मानिस एकसाथ यात्रा गर्न सक्छन् । गत साता इब्राहिम सपरिवार सुनको विमान चढी मलेसियाबाट अस्ट्रेलिया पुगेका थिए । परिवारका सबै सदस्यलाई विमानमा राखेर हज गर्न जाने इच्छा रहेको इब्राहिम बताउँछन् ।

Leave A Comment