तीन महिनापछि भाइरल

बुधबार, २४ असार २०७७, ०२ : ३१ शुक्रवार
तीन महिनापछि भाइरल


को कतिबेला के कुरामा भाइरल हुन्छ, कसैलाई पत्तो हुन्न। नत्र पूजालाई नै सोध्नुस् न ! उनलाई तीन महिना पुरानो आईक्युले वर्तमानमा नराम्रोसँग चिप्ल्याएको छ।
अरु नायिकालाई समेत ढंग पुर्‍याएर बोल्न सुझाउने उनी तीन महिना अघिको भिडियो अन्तवार्ताका कारण अहिले मजाकको पात्र बन्नेकी हुन्। उक्त भिडियो अन्तरवार्तामा उनलाई कार्यक्रम सञ्चालकले नेपालमा कति प्रदेश र जिल्ला छन् भनेर सोधेका थिए। जवाफमा उनले १४ जिल्ला र ७२ ओटा प्रदेश भएको बताएकी थिइन्। अन्कनाउँदै दिइएको जवाफमा उनले थाहा छैन भन्दै हाँसेको पनि देख्न सकिन्छ।

तीन महिना अघिसम्म गुमनाम भिडियो यतिबेला एक्कासि सामाजिक सञ्जाल टिकटकमा भाइरल भएपछि उनका फ्यानहरुले जिके (जेनरल नलेज) नभएकी नायिका भनेर आलोचना गरिरहेका छन्। यति मात्र कहाँ हो र ? उनका केही फ्यानले त शिल्पा पोखरेललाई काठमाडौं कुन जिल्लामा पर्छ भन्दा वाग्मतीमा होला भनेको भिडियो पोस्ट गरेर यतिबेला पुनः भाइरल गराउने प्रयास गरिरहेका छन्।

जुम मिटिङबाट लिइएका केही अन्तर्वार्तामा त पछाडिको र्‍याकमा खत्राखत्रा किताबका ठेली थिए, पूजाको। ती ठेलीका ठेली किताबका अनेकन् आईक्यु याद भए पनि नेपालकै विषयमा भने चिप्लिइन्। हुन त हाम्रो देशका जनता स्वदेशको भन्दा बढी विदेशबारे जानकार जो छन् !

 

 

Leave A Comment