के प्रेममा छिन् वर्षा ?

बुधबार, २४ असार २०७७, ०३ : ३५ शुक्रवार
के प्रेममा छिन् वर्षा ?

मानिस प्रेममा पर्‍यो भने फूल, जून, आकाश मात्रै होइन, हरेक चिजमा खुशी  देख्छ भन्छन्। भनाइमा कत्तिको सत्यता छ, त्यसको मापन गर्न नसके पनि, अनुमान भने लगाउन सकिन्छ। यस्तै अनुमान लगाएका छन् वर्षा शिवाकोटीका फ्यानहरुले।
सामाजिक सञ्जाल इन्स्टाग्राममा सुन्दर फोटो पोस्ट गर्दै नायिका वर्षा शिवाकोटीले लेखेकी छन्, ‘आज आकाशमा बादल मुस्कुराइरहेछ, सायद तिमी खुशी भएर होला !’  

कतिपय फ्यानहरुले भने, आफू सिंगल भन्ने अनि यस्तो प्रेममा परेको जस्तो कुरा लेख्ने भनेर घुर्की पनि लगाएका छन्।
कतिपयले भने एकअर्कालाई मेन्सन गर्दै खुशी भएकै हो त भनेर रमाइलो पनि गरिरहेका छन्। बिहे नभएकी केटी, न तेरी न मेरी भन्ने खालका अभिव्यक्ति दिनेको पनि कमै छैन कमेन्टमा।
जे होस्, अब भने सिंगलबाट मिंगल हुने बेला भयो है वर्षाजी, नत्र ‘यता न उता मुलाबारी भित्ता’ भइएला !

Leave A Comment