भाइरल भेडो

बिहिबार, ०१ साउन २०७७, ०१ : १९ शुक्रवार
भाइरल भेडो

यतिबेला एउटी बालिका र उनीसँग रहेको भेडो भाइरल बन्न पुगेको छ। खासमा एउटी तीन वर्षीया बालिकाले उनीभन्दा अग्लो भेडोलाई तह लगाएको भिडियो उनकी आमाले खिचेकी थिइन्। छोरीको कर्तब निकै मन परेर उनले त्यसलाई ट्वीटरमा के हालेकी थिइन्, छोरी त रातारात भाइरल बन्न पुगिन्।

यो भिडियोलाई २० लाखभन्दा बढी पटक हेरिसकिएको छ र गएको बिहीबार मात्र यसलाई ट्वीटरमा क्याटलिन जेनकिन्सले हालेकी थिइन्।

भिडियोमा ती सानी नानी बार्लीले आफ्नो भेडोलाई इथल भनी सम्बोधन गरेकी छन्। इथललाई डो¥याउन एउटा डोरी आफ्नो हातमा राखेकी छन्। भेडोले बालिका बार्लीलाई बेलाबेलामा टाउकोले धकेल्न खोज्छ र उनले त्यसलाई व्यवस्थापन गर्छिन्।
बार्लीले भेडोलाई अलि परसम्म पु¥याउँछिन् र परबाट पुनः क्यामेरा भएको ठाउँसम्म ल्याउँछिन्।

भेडोलाई ‘उभिई’ भनेको बेला भेडो पनि टक्क रोकिएको पनि भिडियोमा देखिन्छ। भेडोलाई सम्हाल्नका लागि यी बालिकाले रस्सी पनि बोकेको देखिन्छ।

भिडियोलाई १० लाख ५३ हजारले लाइक गरेका छन् भने २३ हजारले रिट्वीट गरेका छन्। यो भिडियो लेखिका जमिला वाल्ग्रेनलाई यति मन प-यो कि उनले भेडा र बार्लीको स्केच पनि बनाउन भ्याएकी छन्। यसपछि उनले बार्लीकी आमालाई ट्वीटरमार्फत नै अनुमति लिएर बार्ली र भेडोको चित्रकथात्मक पुस्तक निकाल्ने भएकी छन्।

 

Leave A Comment