कार चलाएको आरोपमा पाँच वर्षे बालक पक्राउ

बिहिबार, ०१ साउन २०७७, ०१ : २३ शुक्रवार
कार चलाएको आरोपमा पाँच वर्षे बालक पक्राउ

एक जना पाँच वर्षे बालकले आमाको कार चलाएर निकै पर पुगेको र सुरक्षाका कुनै पनि उपाय नअपनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
बालकले आमालाई इटालीमा बनेको सुपरकार ल्याम्बर्गिनी किनिदिन आग्रह गरेको तर आमाले अस्वीकार गरेको भन्दै परिवारले चलाउने गरेको एसयुभी कार लिएर हिँडेको स्वीकारेका छन्।

अमेरिकाको क्यालिफोर्नियामा गएर सो कार किन्नका लागि आमाको कार लिएर उटाह राज्यबाट निस्किएका सो बालकलाई उटाहस्थित हाई वेमा प्रहरीको गस्तीले फेला पारेको थियो।

प्रहरीले गाडी चलिरहेको तर गाडी हाँकिरहेको ड्राइभर नदेखिएका कारण रक्सीले धुत कुनै व्यक्तिले चलाएको हो कि भन्ने आशंकाका साथ गाडी रोक्न आदेश दिएका थिए तर गाडीबाट उत्रँदा कुनै वयस्कभन्दा पनि पाँच वर्षे बालक निस्किएपछि प्रहरीहरु चकित बन्न पुगेका थिए।

बालकलाई केरकार गर्दा आफ्नी आमाले कार किनिदिन अस्वीकार गरेपछि आफूले जीवनभर जम्मा गरेको तीन डलर बोकेर इटालेली सुपरकार किन्न क्यालिफोर्नियास्थित उनकी दिदी बसेको ठाउँमा जान लागेको जानकारी दिएका थिए।
यतिबेला सो कारको सबैभन्दा सस्तो मोल २ लाख डलर पर्छ।

प्रहरीले सबै कुराको जानकारी पाएपछि बालकका अभिभावकलाई डाकेर जिम्मा लगाएको स्काई न्युजले जनाएको छ।

Leave A Comment