रसिलो यौन जीवन खोज्ने जोडीका कारण फन्दामा

बिहिबार, ०१ साउन २०७७, ०१ : २७ शुक्रवार
रसिलो यौन जीवन खोज्ने जोडीका कारण फन्दामा

आफ्नी पत्नीलाई एउटा बेग्लै यौनजीवनको स्वाद दिन चाहने व्यक्तिका कारण एक जना सेवक प्रहरीको फन्दामा मात्र परेनन्, कुरा अदालतसम्म पुग्यो तर अदालतले भने ती व्यक्तिले जानाजान कुनै गल्ती नगरेको भन्दै सफाई दिएको छ।

अस्ट्रेलियाको सिड्नीस्थित एक व्यक्तिले आफ्नो र पत्नीको यौन सुखका लागि नयाँ आइडिया सोचेर टेरेन्स लेरोय नामक व्यक्तिलाई भाडामा लिए। टेरेन्सलाई उनले भने, ‘हाम्रो जीवनमा अलि रोमाञ्चकता थप्न बिहानीपख घरमा छिर, त्यो बेला तिम्रो हातमा चक्कु हुनुपर्छ र तिमीले हामी दुवैबाट अन्तःवस्त्र (पेन्टी) खोसेर लैजानुपर्छ। यो कामलाई राम्रोसँग फत्ते गर्न सक्यौ भने तिमीले अतिरिक्त पैसा पनि पाउने छौ।’

यस्तै कार्यबाट गुजारा चलाइरहेका टेरेन्स लेरोयले सहमति जनाए तर दुःखको कुरा उनी जुन घरमा छिर्नुपर्ने अर्कैमा छिरेपछि उनी प्रहरीको फन्दामा मात्र परेनन्, अदालत नै धाउनुप-यो।

गएको साता अदालतले उनी त्यो घरमा कसैको हत्याको सोचले हतियार लिएर नपुगेको बरु गलत घरमा छिरेको पाइएको हुनाले उनको नियतमा खोट नदेखिएको हुनाले उनको गल्तीलाई माफी दिन सकिने बताएको छ।

यस्ता घटना दुर्लभ हुनेसमेत जज सिन ग्रान्टले बताउँदै घटनाका सबुतहरुले लेरोयका गतिविधि नियतवश वा कसैलाई हानि पु-याउने किसिमको नदेखिएको हुनाले उनलाई कुनै कार्बाही नगरिने बताएका हुन्।

घटनामा फेला परेका सामग्रीहरु सबै यौन फेन्टासीका लागि उपयोग हुने नै पाइएकाले पक्राउ परेका व्यक्तिको नियत दुःख दिने वा चोरी गर्ने वा हत्याका लागि नपाइएका हुनाले यसबारेमा कार्बाही अघि बढाउन अनुपयुक्त रहेको अदालतले बताएको थियो।

यसरी श्रीमतीको अन्तःवस्त्र चोर्नका लागि उनका पतिले ५ हजार डलर तिर्न राजी भएको बताइएको छ। यति मात्र होइन, श्रीमतीलाई जति बढी डर देखाउँदै थर्काउन सक्छौ, उति नै बढी पैसा थपिनसक्ने भनी बताएका थिए। 

लेरोयले खासगरी यस्तै सेवाका लागि फेसबुकमा सूचना दिने गरेको प्रमाणका आधारमा उनीमाथि गम्भीर आरोप नलगाइएको अदालतले जनाएको छ।

घरभित्र सरसामग्रीसहित पसेका दुई व्यक्तिमध्ये एकले ‘तिम्रो नाम केभिन हो ?’ भनी सोधेका थिए। घरधनीले होइन भनेपछि उनीहरुले आफू आउनुका कारण बताएका थिए।
आफूले कसैलाई नडाकेको बताएपछि ‘सरी भाइ’ भन्दै घरबाट निस्किएका थिए।

यसलगत्तै आफ्नो घरमा दुई जना अपरिचित व्यक्ति छिरेको भन्दै प्रहरीलाई ती घरधनीले खबर गरेका थिए।
यस घटनाको केही मिनेटपछि उनीहरु सही घरमा छिरेका थिए। प्रहरीले लेरोय र उनका साथीलाई फोन गरिएको एक घण्टामा पत्ता लगाई पक्राउ गरेका थिए।

 

Leave A Comment