केकीलाई आमाको चिन्ता

शनिबार, १० साउन २०७७, ०२ : ०३ शुक्रवार
केकीलाई आमाको चिन्ता

नायिका केकी अधिकारी बोल्दा र लेख्दा गाली नपाउने नायिकामा गनिन्छिन्। नबोल्नु पर्ने ठाउँमा पनि मिलाएर बोल्ने शैलीका कारण उनी गालीहरुबाट बँचेकी होलिन्। जे होस्, अहिले दीपाश्रीका विषयमा गरमागरम बहस चलिरहेका बेला, उनले नपत्याउने पाराले आफ्ना कुरा राखेकी छन्।

सामाजिक सञ्जालहरुमा स्क्रिन सट राख्दै आमालाई बीचमा ल्याएर उनी आफू बँचेकी छन्।

उनले आमाले पनि निकै फेसबुक चलाउन थालेको र अहिलेका विषयमा नबोल्न आग्रह गरेको भन्दै दीपाश्रीलाई सपोर्ट गरेकी छन्। सभ्य भाषामा थाहा नपाउने तरिकाले सपोर्ट गरेको थाहा पाएका केहीले भने, दीपाले फिल्म दिने पक्का भएको घोषणा गरेका छन्। केहीले भने सभ्य भाषामै गलतलाई गलत भन्न आग्रह गरेका छन्।

नेपाली फिल्म क्षेत्रमा गुदी भएकी नायिकाको छवि अहिलेसम्म बचाउन सफल भएकोमा बधाइ पनि आइरहेका छन्, फ्यानका तर्फबाट। जे होस्, आमाको चिन्ता गर्दै आफ्ना कुरा राख्ने उनको चतुर दिमागलाई भने मान्नै पर्छ।

Leave A Comment