आध्यात्मिकताका कुरा खोतल्दै सुहाना

शनिबार, १० साउन २०७७, ०२ : ०६ शुक्रवार
आध्यात्मिकताका कुरा खोतल्दै सुहाना

नायिका झरना थापा र निर्माता सुनिल थापाको सन्तान भएकै कारण फिल्म खेल्न पाएको आरोप खेपिरहेकी नायिका सुहाना थापा लकडाउनको समयमा आध्यात्मिकताका कुरा खोतल्दै समय बिताइरहेकी छन्। 

केही समयअघि, गीतामा मग्न भएका समाचारहरु बाहिरिएका थिए उनका। अहिले भने सामाजिक सञ्जालहरुमा विभिन्न गुरुलाई निम्त्याएर आध्यात्मिकताका बारेका अन्तर्वार्ता लिइरहेको भिडियोहरु देख्न सकिन्छ। जसमा उनले मोटिभेसनदेखि अध्यात्मसम्ममा जिज्ञासा अन्तर्वार्तामा निम्त्याइएका गुरुहरुलाई सोध्ने गर्छिन्। यही हप्ता उनले तीनओटा भिडियोहरु सेयर गरेकी छन्। जहाँ उनले रुपेश्वर गौर दाससँग कुरा गर्दै अवचेतन मन, आध्यात्मिकता कसले दिन्छ लगायतका जिज्ञासा राखेकी छन्।

आफूलाई स्ट्रगल गरेर आएको भन्नेहरुले तमासा देखाइरहेका बेला, सजिलै फिल्म क्षेत्रमा प्रवेश गरेकी सुहानाको कदम सही दिशातिर गइरहेको उनका फ्यानले प्रतिक्रिया दिएका छन्। किप गोइङ सुहाना !

Leave A Comment