गल्ती स्वीकार्दिनन् पूजा

शनिबार, १० साउन २०७७, ०२ : ०७ शुक्रवार
गल्ती स्वीकार्दिनन् पूजा

नायिका पूजा शर्मा, केहीहप्ताको गालीबाट भर्खरै मुक्त भएकी छन्। नेपाली कलाकार भएर, आफ्नै देशको नाकनक्सा समेत थाहा नभएको भन्दै उनी तारोमा परेकी थिइन्।

उनको गाली थेग्न, निर्देशक तथा उनका अघोषित प्रेमी सुदर्शन थापासमेत समाजिक सञ्जाल छिरेका थिए तर त्यसले सहयोग गरेन। जब गाली दिन तम्तयार जत्था अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलातर्फ लम्कियो पूजाले चैनको स्वास फेर्न पाइन्। 

लामो गाली–गलौजपछि अब उनी झनै उन्मुक्त शैलीमा प्रस्तुत भएकी छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा निन्याउरो अनुहार लगाएको एउटा फोटो सेयर गर्दै उनले अंग्रेजीमा लेखेकी छन्, ‘पछिल्लो गल्तीका बारेमा त्यो मान्छेसँग कुरा नगर,जसले तिमी पहाड चढ्ने कोसिस गरिरहँदा ढुंगाले हिर्काइरहेको हुन्छ।

सबैले जीवनमा गल्ती गरिरहेका हुन्छन्। यसको अर्थ उसले हरेक गल्तीको मूल्य चुकाउनु पर्छ भन्ने होइन। कहिलेकाहीँ मानिसले आफू खराब बन्नै पर्छ। अनि त्यसको अर्थ ऊ खराबै हो भन्ने पनि होइन। किनभने ऊ मान्छे हो र मान्छेबाटै गल्ती हुन्छ।’
वाह ! क्या गज्जबको लेखाइ छ।

Leave A Comment