म्याग्ना कार्टा चोर्न खोज्ने जेल चलान

सोमबार, १२ साउन २०७७, १२ : ३३ शुक्रवार
म्याग्ना कार्टा चोर्न खोज्ने जेल चलान

गएको शुक्रबार बेलायती एक व्यक्तिलाई सन् १२१५ को ऐतिहासिक सम्झौताको ओरिजनल कागज चोर्ने प्रयास गरेको अभियोगमा जेल चलान गरिएको छ। 

बेलायतमा म्याग्ना कार्टा सम्झौताले व्यक्तिगत स्वतन्त्रता र अधिकारको रक्षाका बारेमा स्पष्ट रुपमा उल्लेख गरिएको पत्रका रुपमा स्थान बनाएको छ।

यो पत्र चोर्ने कार्यमा मिहिनेत गरेका तर असफल मार्क रोयडनले सुरक्षायन्त्र जडित सिसाले घेरिएको बाकस नै फोडेर उम्काउन लागेका थिए। बेलायतको दक्षिणी भेग सलिसबरी क्याथड्रलबाट यो चोरी गर्न खोजिएको थियो। ४७ वर्षीय मार्क रोयडनले गएको जनवरीमा चोरीको प्रयासमा दोषी करार गर्दै अदालतले क्षतिपूर्तिका लागि १८ हजार २ सय ९५ डलर तिर्न आदेश दिनुका साथै चार वर्षे जेल सजायसमेत तोकेको छ। संसारकै अति महŒवको कागज चोर्ने नियत देखिएकाले मार्कलाई सो सजाय तोकिएको अदालतले स्पष्ट पारेको छ।

पछिल्लो समय मात्र महत्वपूर्ण यो लेखोट चोरीका ५१ वटा प्रयास भएको प्रहरीले जनाएको छ। 

अहिलेसम्म म्याग्ना कार्टाको चार वटा लिखित प्रति अस्तित्वमा रहेको बताइएको छ। दुई वटा प्रति लण्डनस्थित ब्रिटिस लाइब्रेरीमा र तेस्रो यही सलिसबरीमा। त्यस्तै चौथो प्रति बेलायतको पूर्वी भेगमा रहेको लिङ्कन क्याथड्रलमा राखिएको छ।

राजा जोनको अत्याचारविरुद्ध गरिएको सो सम्झौता आधुनिक जमानाको स्वतन्त्रता, प्रजातन्त्र, न्याय र कानुनको शासनको मानकका रुपमा लिइन्छ। यसैलाई आधार बनाएर मानव अधिकार र अमेरिकाको संविधान निर्माण भएको थियो।

 

Leave A Comment