सार्कले घाइते महिलाको सार्क प्रेम

शुक्रबार, १६ साउन २०७७, ११ : १५ शुक्रवार
सार्कले घाइते महिलाको सार्क प्रेम

अस्ट्रेलियाको सिड्नी छेउको समुद्र किनारमा पौडिन गएकी एक २९ वर्षीया महिलालाई सार्कले आक्रमण गरेर घाइते तुल्याएको थियो। तिनै महिला यतिबेला अस्पतालबाट बाहिर निस्कने बित्तिकै बयान दिन थालेकी छन्, ‘विचरो सार्कको कामआक्रमण गर्नु हो, ग-यो। यसै कारण म उसलाई घृणा गर्न सक्तिनँ। मेरो उसप्रतिको प्रेममा रत्तिभर कम हुने छैन।’

पेशाले फिल्मकर्मी यी महिलाको नाउँ सार्वजनिक भने गरिएको छैन। उनी सार्ककै विषयमा डकुमेन्ट्री बनाउन समुद्रमा गएकी थिइन्। समुद्रमा तैरिँदै गर्दा उनलाई सार्कले आक्रमण गरेको थियो भने आक्रमणमा उनको गोडाको गोलीगाँठोमा क्षति पुगेको बताइएको छ।

‘ममाथि उसले आक्रमणग-यो भनेर उसको सौन्दर्य कमहुँदैन, म अझै उसलाई उत्तिनै मायागर्छु,’ उनले भनेकीछन्।
उनलाई अस्पताल दौडाउनभूमिका खेलेकी क्विन्सल्यान्ड एम्बुलेन्सको पारामेडिक टेरी कमिङले भनिन्, ‘यिनलाई दुखेर असाध्य पीडामा हुँदापनि मलाई सार्कले ज्यूँदै छाडिदियो भन्दै खुसी भएकी थिइन्।’

सामुद्रिक जीवविज्ञानी गरेथ फिलिप्स भन्छन्, ‘तुलनात्मक रुपमाउनलाई सार्कले त्यत्ति धेरै क्षति पु-याएको देखिएन। मलाई त सार्कले त्यतिमात्रै किनक्षति पु-यायो भनी शंका लागेको छ। कतै अरु नै कुनै ठूलो आकारको माछाले आक्रमण गरेको त होइन?’

 

Leave A Comment