पेन्टिङ चोर्न निम्तो

शुक्रबार, १६ साउन २०७७, ११ : २७ शुक्रवार
पेन्टिङ चोर्न निम्तो

कोरोनाकालमा भिडभाड हुने ठाउँमा मानिस जान डराउन थालेका छन्। मान्छे डरले घरैमा कोच्चिदा मानसिक समस्याका कारण कतिपयले त आत्महत्या नै गरेका छन्। यस्तो अवस्थाबाट सर्वसाधारणलाई निकाल्नकालागि कहिले मनोरञ्जन त कहिले बाहिर निस्कन सरकारले सर्वसाधारणलाई आग्रह गरिरहेको छ।

यस्तोमा राजधानी टोक्योस्थित एउटा कलाप्रदर्शनी केन्द्रले आफ्नो केन्द्रमा छिरी महँगा पेन्टिङ चोरी गर्न प्रोत्साहित गरेको छ। उनीहरुलाई मध्यरातमा आएर प्रदर्शनी केन्द्रमागई त्यहाँकाआकर्षक पेन्टिङ चोरी गर्न प्रोत्साहित गरेको हो।

यो खबर सामाजिक सञ्जालबाट छरपष्ट भएपछि केही मानिसहरु प्रदर्शनी केन्द्रतर्फ दौडिएकाथिए। भिडभाड बढेपछि भने प्रहरी आएर भिडलाई नियन्त्रण गरेको थियो।

प्रहरीमध्ये एकले भने, ‘यो त सर्वसाधारणलाई चोर्न नै प्रोत्साहित गरिएकाले हामी तिनलाई पक्राउ गर्नका लागि आएका होइनौँ, हामी त भिड अनियन्त्रित नहोस्, एक अर्कामा धक्कमधक्का नहोस् भनेर मात्र आएका हौँ।’

यहाँ राखिएका चित्रपनि चित्रकारहरुको सहयोगमा चोर्न सघाउनकै लागि राखिएको कार्यक्रमका आयोजक टोताहासेगावाले एएफपीलाई बताए।

‘हामीले यसलाई कुनै पनि किसिमको हल्ला गरेका थिएनौँ,’आयोजक हासेगावाले भने, ‘केही चलाख चोरले केही उठाएर लैजाला र तिनको कला मर्मज्ञताप्रति हामी मख्ख परौँ भन्ने सोचेका थियौँ तर कला मोह यति धेरै जनामा देखियो कि हामी आफैं चकित प-यौँ।’

प्रहरीकाअनुसार कलाचोरीका सहभागिता जनाउन करिब २०० मानिस भेला भएका थिए।
मध्यरातपछि कलाचोरीको कार्यक्रम हुनुपर्ने भिड बढेको देखेपछि कला केन्द्रका हासेगावाले आधा घण्टाअघि नै कार्यक्रम शुरु गरिदिए। त्यहाँ चोर्न राखिदिएका सामग्रीहरु १० मिनेट भित्रै रित्तिए।

चोरीमा संलग्नमध्ये एक २६ वर्षे युसुके हासादाले १० हजार येन मूल्य बराबरको फ्रेमिङ गरिएको बैंकनोट फेला पारे। ‘माईमनी’शीर्षकमा गेभिन इटोले इन्स्टलेसन कला राखेका थिए।

भिडजम्मा भएपछि अन्त्यतिर आएका युसुके आएका थिए। उनलाई आफ्नो भागमा केहीपर्ला भन्ने कल्पनासमेत गरेका थिएनन्। उनको अपार्टमेन्टअगाडि त्यत्रा मान्छे किन भेला भएछन् भनेर रमिता हेर्न छिर्दा आफूले कला नै हातपार्दा खुसीको सीमा नरहेको प्रतिक्रिया दिए।

रोचक त के भइदियो भने कतिपयले यहाँ सित्तैमा फेलापारेका कलालाई एक घण्टाभित्रै अनलाइन अक्सन साइटमा राखेर एक लाख येनसम्म बोली लगाउन भ्याएका थिए।

एका सबैले कला त पाएनन् तर आयोजक हासेगावा भन्छन्, ‘कम्तीमा कला भन्ने चिजलाई रुचाउने जमात पनि रहेछ भन्नेमा ढुक्क भइयो।’ त्यो भन्दापनि जापान चोरीका घटनामा सबैभन्दा कम अपराध हुने देश हो। त्यस्तो देशमा चोरी गर्न उक्साउँदा उक्सिनेहरु पनि पाइएकामा आश्चर्य लागेको हासेगावा बताउँछन्। ‘तर ती सबै असल व्यवहारका चोर थिए,’उनले हाँस्दै थपे।

रोचक कुरा त के भयो भने, हासेगावाले भने, ‘चोरीको यो काम भइरहँदा कसैको ब्याग र पर्स हरायो। कलाकृति चोर्न आएकाहरुले पैसाले भरिएको ब्याग र पर्सलाई त्यहाँको प्रशासनमा लगेर बुझाइ दिएका थिए। कति दयालु !’

 

Leave A Comment