श्वेताको सफेद फोटो

शनिबार, १७ साउन २०७७, १२ : १७ शुक्रवार
श्वेताको सफेद फोटो

नायिका श्वेता खड्का लकडाउनको मौकामा आफू एम्बेस्डर रहेको माछापुच्छ्रे बैंकको विज्ञापनमा व्यस्त छिन्। सामाजिक सञ्जालमा नयाँ पोजका फोटोसुट राख्दै रमाइरहेकी उनले हालै एउटा रमाइलो मजाक गरेकी छन्। 

सामाजिक सञ्जालमा उनले फोटो सेयर गरेकी छन्, जहाँ सेतो रङबाहेक केही देखिँदैन। हुन त इन्स्टाका फोटाहरुलाई राम्रो डिजाइन दिन उनले सेतो ब्याकग्राण्ड दिएको हुनसक्छ तर उनका फलोअर्सहरुले भने रमाइलो मानेका छन्।
उनीहरुले भनेका छन्, दोहो-याएर फोटोमा थिच्नुस् अनि देख्नुहोस्– जादु। 

धेरैले दोहो-याएर फोटोमा थिचेको तर केही जादु नदेखिएको प्रतिक्रिया पनि दिइरहेका छन्। खासमा दोहो¥याएर थिच्दा इन्स्टामा लभको बटम थिचिन्छ तर उनको यो फोटोमा जम्मा नौ सय मात्रै लभ छ। 

हजारौं फलोअर्स भएका श्वेताको इन्स्टामा यति थोरै लभ ? त्यसमाथि जादु भनेर झुक्याएर लभ गर्न लगाउँदा पनि ! कि फलोअर्सले जादु देखिएन भनेर तीन पल्टसम्म थिचे ? फ्यानहरु चकित छन्। 

 

Leave A Comment