प्रेमी–प्रेमिकाकै लिंग परिवर्तन

सोमबार, ०६ भदौ २०७३, १० : ०६ शुक्रवार , Kathmandu
प्रेमी–प्रेमिकाकै लिंग परिवर्तन

आयरल्यान्डकी जेमी ओ हरलिही नाम गरेकी सुन्दरी पहिले युवक थिइन् । तर, उनलाई आफू वास्तवमा युवती हुँ भन्ने लाग्यो र उनले लिंग परिवर्तन गराइन् । लिंग परिवर्तनपछि उनले प्रेमीको खोजी गरिन्, तर पाइनन् ।
अन्त्यमा उनको भेट ह्यारी म्याथुस नाम गरेका युवकसँग भयो । ह्यारी चाहिँ पहिले युवती थिए । लिंग प्रत्यारोपण गरेर उनी केटा भएका थिए ।  लिंग परिवर्तन गर्ने यी दुई विपरीत लिंगीले एकअर्कालाई रुचाए । र, अहिले दुवैजना प्रेमी–प्रेमिका भएर सुखमय जीवन बाँचिरहेका छन् ।
‘हामी दुवैजना एउटै खालको समय  र प्रक्रियाबाट गुज्रिएका छौँ, त्यही भएर हाम्रो बुझाइमा धेरै समानता छ । यसले हाम्रो प्रेमसम्बन्धलाई प्रगाढ बनाएको छ,’ ह्यारीले भने ।

 

Leave A Comment