नेपाली रोबोटलाई दुइटा अवार्ड

बिहिबार, ०९ भदौ २०७३, ०२ : ०६ शुक्रवार , Kathmandu
नेपाली रोबोटलाई दुइटा अवार्ड

एसिया प्रशान्त रोबोट प्रतियोगितामा नेपालले दुइटा अवार्ड हात पारेको छ । १६ देशका प्रतियोगी सहभागी प्रतियोगितामा नेपालले ‘बेस्ट इन्जिनियरिङ अवार्ड’ र ‘पानासोनिक अवार्ड’ पाएको हो । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकको रोबोटिक्स क्लबले तयार पारेको रोबोटले प्रतियोगितामा भाग लिएको थियो ।
नेपालसँगै चीन, जापान, भारत, कोरिया, पाकिस्तान, मलेसिया, श्रीलंका, हङकङ, इजिप्ट, फिजी, इन्डोनेसिया, मंगोलिया, भियतनाम, काजकिस्तान र थाइल्यान्डका गरी १७  टोली सहभागी थिए ।
गत १६ वर्षदेखि रोबोटिक्स क्लबले यो प्रतियोगितामा भाग लिँदै आएको छ । रोबोटिक्स क्लबले भारतलाई यसअघि छ पटकसम्म पराजित गरिसकेको छ । सीमित साधनस्रोतका बावजुद नेपाली रोबोटले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

Leave A Comment