राजमार्गको बीचमा घर

बिहिबार, ०९ भदौ २०७३, ०२ : १८ शुक्रवार , Kathmandu
राजमार्गको बीचमा घर

चीनको हुवेइ प्रान्त हुँदै गुज्रिने एउटा राजमार्गको बीचमा बनेको घर अहिले सामाजिक सञ्जालतिर भाइरल भइरहेको छ । राजमार्गको बीचमा ठडिएको पक्की तीनतले घरलाई सामाजिक सञ्चाल प्रयोगकर्ताले ‘जिद्दी घर’को संज्ञा दिइरहेका छन् ।
‘घरका कारण हाइवेमा यात्रा गर्नेहरूको ज्यानमै जोखिम उत्पन्न भएको छ । सरकारले घर भत्काउन खोजे पनि घरधनीको जिद्दीका कारण सकेको छैन,’ समाचारमा भनिएको छ ।
राजमार्ग बनाउनुअघि सरकारले सो क्षेत्रका जग्गा अधिग्रहण गरी मुअब्जा वितरण गरेको थियो । तर, सो घरका मालिकले मुअब्जा अपर्याप्त भएको भन्दै घर भत्काउन अस्वीकार गरेपछि घर राजमार्गको बीचमा रहन गएको हो । कानुनी झञ्झटका कारणले गर्दा सरकारले सो घर भत्काउन नसकेको हो ।  

 

Leave A Comment