गोही शिकारी युवती

शनिबार, ११ भदौ २०७३, १२ : ०० शुक्रवार , Kathmandu
गोही शिकारी युवती

गोहीले मानिस र अन्य जनावरको शिकार गर्ने गरेको सुनिँदै आएको हो । तर, मानिसले पनि गोहीको शिकार गर्ने गरेको रोचक खबर आएको छ ।
अमेरिकी राज्य फ्लोरिडाकी एउटी युवतीले वर्षौंदेखि गोहीको शिकार गर्दै आएकी छिन् । बन्दुक अथवा कुनै स्वचालित हतियारको मद्दतले नभई कुस्ती खेलेर नै ती युवतीले गोहीको शिकार गर्ने गरेकी छिन् ।
गोहीको शिकार गर्ने ती युवतीको नाम हो, कायला गार्वे । उनी फ्लोरिडाको पोम्पानो समुद्री किनारछेउमा बस्छिन् । अहिलेसम्म उनले सय वटा गोहीलाई नियन्त्रणमा लिएकी र त्यसमध्ये कतिपयलाई मारिसकेकी छिन् ।
‘मेरा बुबासँग गोहीको शिकार गर्ने लाइसेन्स थियो । बुबाको लहैलहैमा लागेर म पनि गोही समातेको हेर्न जान्थेँ । पाँच वर्षको छँदा एउटा सानो गोहीसँग मेरो पहिलोपटक लडाइँ प¥यो,’ उनले भनिन्, ‘त्यसको १० वर्षपछि मैले पहिलोपटक गोही समातेँ ।’ गोहीलाई कसरी नियन्त्रणमा लिने र उसलाई पराजित कसरी गर्ने भन्ने थुप्रै तौरतरिकाबारे उनी जानकार छिन् । ’तरिका मिलाएर आक्रमण गरियो भने गोहीको केही लाग्दैन,’ उनले भनिन् । अहिले उनीसँग पनि गोही मार्ने लाइसेन्स छ । प्रेमी क्रिसले पनि हिजोआज कायलालाई गोहीको शिकार गर्न सघाउन थालेका छन् ।

Leave A Comment