माझीले भेट्टाए एक अर्बको मोती

सोमबार, १३ भदौ २०७३, ०९ : ०७ शुक्रवार , Kathmandu
माझीले भेट्टाए एक अर्बको मोती

फिलिपिन्सका एक माझीले त्यहाँको पालावान टापूमा एक अर्ब रुपैयाँ बराबरको मोती भेट्टाएका छन् । उनले १० वर्ष अघि नै यति मुल्यवान मोती फेला पारेका थिए । तर, आफूले भेट्टाएको कुरा मोती हो र यसको मूल्य एक अर्ब रुपैयाँभन्दा बढी पर्छ भन्ने कुरा अहिले आएर मात्र उनले थाहा पाएका छन् ।
ती भाग्यमानी माझीबारे बीबीसीले समाचार दिएको छ, तर सुरक्षा लगायतको कारणले गर्दा उनको नाम खुलाइएको छैन । ‘१० वर्षअघि ती माझीले टापूमा एउटा चम्किलो धातु फेला पारेका थिए । घरमा यसलाई राख्दा लच्छिन हुन्छ भनेर उनले त्यो धातु राखेका थिए । १० वर्षपछि एकजना पर्यटनसम्बन्धी विभागका सरकारी अधिकारीले धातु देखे । परिक्षणपश्चात् उक्त धातु मोती रहेको पत्ता लाग्यो,’ समाचारमा भनिएको छ ।
मोती ३४ केजीको छ र यो दुई फिट लामो छ । ‘अहिलेसम्म संसारको सबैभन्दा ठूलो भनिएको मोतीभन्दा यो पाँच गुना ठूलो छ । यसलाई संग्रहालयमा राख्न सकियो भने संसारभरिबाट पर्यटकलाई फिलिपिन्समा आकर्षित गर्न सकिन्छ । यो सम्भावनालाई पनि हामी नियालिरहेका छौँ र मोती खरिद गर्नेबारे माझीसँग कुराकानी पनि गरिरहेका छौँ,’ ती सरकारी अधिकारीले भने ।

Leave A Comment