सुत्केरी भएको डेढ घण्टामै परीक्षा

बुधबार, १५ भदौ २०७३, १० : ४० शुक्रवार , Kathmandu
सुत्केरी भएको डेढ घण्टामै परीक्षा

भारतकी एउटी युवतीले पढाइप्रतिको आफ्नो लगावबाट सबैलाई हौस्याएकी छिन् । भारतीय राज्य बिहारको मुजफ्फरपुर क्षेत्रनिवासी रञ्जु कुमारीले सन्तानलाई जन्म दिएको डेढ घण्टापछि नै परीक्षाकेन्द्रमा पुगेर परीक्षा दिई उदाहरण पेश गरेकी छिन् ।
‘बीएडमा अध्ययनरत उनी सुत्केरी हुने दिन नै परीक्षा थियो । सुत्केरी भएपछि उनले एम्बुलेन्समा गएर परीक्षा दिने कुरा गरिन् । डाक्टरहरूले ‘हुँदैन’ भने पनि पढाइमा बाधा पार्न आफू कुनै पनि हालतमा तयार नरहेको भन्दै उनले जिद्दी गरिन् र एम्बुलेन्समा परीक्षाभवनतिर लागिन्,’ समाचारमा भनिएको छ ।
परीक्षाकेन्द्र पुगेपछि उनलाई एम्बुलेन्सभित्रै जाँच दिने बन्दोबस्त मिलाइएको थियो । ‘पाँचौँ पेपरको परीक्षा थियो । यो दिन नपाएको भए मेरो एक वर्ष खेर जाने थियो । त्यही भएर जसरी पनि परीक्षा दिन्छु भन्ने संकल्प गरेँ र अन्त्यमा दिएँ पनि,’ उनले भनिन् । परीक्षा राम्रो भएको र पास हुनेमा आफू विश्वस्त रहेको उनले बताइन् ।

Leave A Comment