बिकिनीमा मलाइका

बुधबार, १५ भदौ २०७३, १० : ५६ शुक्रवार , Kathmandu
बिकिनीमा मलाइका

बलिउडकी नृत्यांगना मलाइका अरोरा खानले समुद्री किनारमा बिकिनी पहिरिएर फोटोसुट गराएकी छिन् । भारतबाट प्रकाशित हुने म्यागजिन ‘हेलो इन्डिया’का लागि उनले बिकिनी लगाएर फोटोसुट गराएकी हुन् । उनको तस्बिरलाई सामाजिक सञ्जालका धेरै प्रयोगकर्ताले आकर्षक र कामुक भनेका छन् ।
भारतीय फेसन डिजाइनर निखिल थम्पीले डिजाइन गरेको बिकिनी लगाएर मलाइकाले फोटोसुट गराएकी हुन् । पति अरबाज खानसँग अलग भएपछि मलाइकाले पहिलोपटक यस्तो आकर्षक फोटोसुट उराएकी हुन् । २३ वर्ष लामो वैवाहिक जीवनलाई अन्त्य गर्दै मलाइकाले अरबाजसँग केही महिनाअघि सम्बन्ध विच्छेद गरेकी थिइन् ।

Leave A Comment