विश्वकपपछि रुनीको सन्न्यास

शनिबार, १८ भदौ २०७३, १० : २० शुक्रवार , Kathmandu
विश्वकपपछि रुनीको सन्न्यास

इंग्ल्यान्डका कप्तान वायन रुनीले आउँदो विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने संकेत गरेका छन् । इंग्ल्यान्डको राष्ट्रिय टोलीका लागि सबैभन्दा धेरै ५३ गोल गरेर कीर्तिमान बनाएका रुनीले सन् २०१८ को विश्वकप आफ्नो अन्तिम प्रतिस्पर्धा हुन सक्ने बताएका हुन् । युरोकप फुटबलमा टिमको नेतृत्व गरेका रुनीले इंग्ल्यान्डका तर्फबाट १ सय १५ खेल खेलेका छन् । नयाँ प्रशिक्षक साम एलेडाइस आएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा बोलेका ३० वर्षे कप्तान रुनीले आउँदो विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने मनसाय बनाएको बताए । नयाँ प्रशिक्षक एलेडाइसले रुनीलाई कप्तानको रूपमा निरन्तरता दिएका छन् । युरोकपमा समूह चरणबाटै घर फर्केपछि तत्कालीन प्रशिक्षक रोय हड्सनले राजीनामा गरेपछि एलेडाइस प्रशिक्षक नियुक्त भएका हुन् । इंग्ल्यान्डले विश्वकप छनोटको पहिलो खेलमा आउँदो आइतवार स्लोभाकियासँग खेल्नेछ ।

 

Leave A Comment