अग्युरो राष्ट्रिय टिमबाट बाहिर

सोमबार, २० भदौ २०७३, ०९ : ५९ शुक्रवार , Kathmandu
अग्युरो राष्ट्रिय टिमबाट बाहिर


म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्युरो चोटका कारण अर्जेन्टिनाको टिमबाट बाहिरिएका छन् । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतवार राति भएको वेस्टह्यामसँगको खेलमा अग्युरोको पिडौँलामा चोट लागेको थियो । यही चोटका कारण उनी विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाको आउँदो खेलमा खेल्न नसक्ने भएका हुन् । २८ वर्षका अग्युरो कहिले टिममा फर्किन सक्छन् भन्ने नखुलेको अर्जेन्टिनाको फुटबल एसोसिएसनले जनाएको छ । अर्जेन्टिनाले विश्वकप छनोटमा आउँदो शुक्रवार उरुग्वे तथा भदौ २२ गते भेनेजुएलासँग खेल्नेछ । अग्युरो चोटका कारण टिमबाट बाहिर भए पनि स्टार स्ट्राइकर लियोनल मेस्सी टिममा फर्किएका छन् । सन्न्यासको घोषणा फिर्ता लिएपछि मेस्सी अहिले अर्जेन्टिनाको प्रशिक्षण क्याम्पमा छन् । तर, चोटका कारण उनले खेल्न सक्नेमा भने शंका छ ।

Leave A Comment