‘पोकेमन गो’को बित्यास

सोमबार, २० भदौ २०७३, १० : २७ शुक्रवार , Kathmandu
‘पोकेमन गो’को बित्यास

मोबाइलमा ‘पोकेमन गो’ खेलेर विभिन्न खालका दुर्घटनामा परेका मान्छेहरूबारे थुप्रै समाचार आइसके । यो खेलले जापानका थप एउटा बित्यास पारेको छ । ‘पोकेमन गो’ खेल्दै ट्रक चलाइरहेका ड्राइभरले दुई महिलालाई किचे । एकको मृत्यु भयो भने एकजना घाइते भइन् । तोकुसिमा क्षेत्रीय प्रहरीका प्रवक्ताका अनुसार चालकले यो खेलका कारण आफ्नो ध्यान अन्यत्र मोडिएकाले दुर्घटना भएको बताए । ‘चालक अहिले पनि हिरासतमा छन्,’ ती प्रवक्ताले भने ।
संसारभरि नै लोकप्रिय ‘पोकेमन गो’ विभिन्न दुर्घटनाका कारक बनेको छ । विभिन्न देशमा यससम्बन्धी चेतावनी र सूचना पनि जारी भएका छन् । ताइवानको राजधानी ताइपेइमा यही खेलका कारण भागदौड मच्चिएको थियो । ग्वाटेमालामा पनि यही खेलका कारण एकजना किशोरको ज्यान गएको थियो ।
 

 

Leave A Comment