ओलम्पिक फुटबलको संरचना अनुपयुक्त

बुधबार, २२ भदौ २०७३, १० : ०० शुक्रवार , Kathmandu
ओलम्पिक फुटबलको संरचना अनुपयुक्त

फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय फिफाका अध्यक्ष जिआनी इन्फान्टिनोले ओलम्पिक फुटबलको अहिलेको संरचना उपयुक्त नभएको बताएका छन् । खेलाडीको उमेर हद तथा खेल क्यालेन्डरका कारण ओलम्पिक फुटबल उपयुक्त नदेखिएको इन्फान्टिनोको भनाइ छ । ‘ओलम्पिकको पुरुष फुटबलमा मुख्य गरी २३ वर्षमुनिका खेलाडी हुन्छन्, केही त्यो भन्दामाथिका, तर यो राम्रो समाधान होइन,’ उनले भने, ‘यो संरचनाका कारण रियो फुटबल प्रतियोगिता न माछा भयो, न चरा । त्यस्तै, फुटबल क्यालेन्डर पनि निकै टाइट छ ।’ क्यालेन्डर टाइट भएकै कारण क्लबहरूले खेलाडी रिलिज गर्न मान्ने गरेका छैनन् । सन् २००८ देखि खेलाडी रिलिज गर्न बाध्य हुने व्यवस्था पनि हटेको छ । ओलम्पिकमा महिला फुटबल समावेशिताका लागि मात्रै राखिएको इन्फान्टिनोको भनाइ छ । ओलम्पिक फुटबलका कमजोरीलाई हटाउन राम्रो समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

 

Leave A Comment