मेहदी टिप्स

बुधबार, २२ भदौ २०७३, १० : २६ शुक्रवार , Kathmandu
मेहदी टिप्स

कुलदीप कुमार, मेहदी आर्टिस्ट
मुम्बई मेहदी ट्रेनिङ सेन्टर, डिल्लीबजार
साधारण मेहदी
–    मेहदीको पात सुकाएर धुलो बनाउने ।
–    धुलो मेहदीलाई मलमलको कपडामा दुईतीन पटक छान्ने ।
–    कागतीको रसमा ८÷१० थोपा नीलगिरीको तेल हालेर धुलो मेहदीलाई भिजाउने र पानीमा इमली र चियाको पात राखी उमाल्ने ।
–    त्यसपछि पानी छानेर आवश्यक मेहदी धुलो हाली दुई घण्टा भिजाउने ।
–    गिलो मेहदीलाई कोन बनाएर प्रयोग गर्नुपर्छ ।
–    हात र खुट्टामा लगाएको मेहदी सुकेर नखसोस् भन्नका लागि कागतीको रस र चिनीको मिश्रणलाई मेहदीमा मिलाउनुपर्छ ।
–    मेहदी लगाएको चार÷पाँच घण्टापछि निकाल्नुपर्छ ।
–    मेहदी निकालेपछि १२ देखि १४ घण्टासम्म मेहदी लगाएको भागमा पानी पर्न दिनुहुन्न ।
–    मेहदी निकालेपछि त्यसमा तोरीको तेल लगाउनुपर्छ ।
–    मेहदी तयार पार्नका लागि मेहदी पाउडर, सेलोटेप, गिफ्टपेपर, रबर, कागती, चिनी, मेहदीको तेल, पिपरमेन्टको तेल, ल्वाङको तेल, सञ्चो, तोरीको तेल, कफी, चियापत्ती, तारपिनको तेल तथा डिटोल चाहिन्छ ।

रिजर्भ मेहदी
चाहिने सामग्रीः फेबिकोल र रातो (नेचुरल) मेहदी
–फेबिकोल र रातो मेहदीको छुट्टाछुट्टै कोन बनाउने ।
–त्यसपछि फेबिकोलको कोनले हातमा बुट्टा कोर्ने र पाँच मिनेटसम्म सुक्न दिई फेरि फेबिकोलको बुट्टामाथि मेहदीको कोनले लेप लगाउने ।
–यसलाई तीन÷चार घण्टासम्म सुक्न दिने ।
–फेबिकोल लागेको ठाउँमा मेहदी बस्दैन । तर, मेहदी लागेको ठाउँमा मेहदी बस्छ ।

फेब्रिक र मेटालिक मेहदी
–जुन ठाउँमा मेहदी लगाउने हो, त्यही भागमा स्किन गम लगाई कालो फेब्रिक र मेटालिक कलरले बुट्टाको आउटलाइन कोर्ने र भित्री भागमा मेहदी लगाउने ।
–फेब्रिक र मेटालिक कलरको एलर्जी हुनेहरूले यो मेहदी लगाउनु हुँदैन ।

ब्ल्याक–ब्राउन मेहदी
–ब्ल्याक र ब्राउन मेहदी छुट्टाछुट्टै कोन बनाएर ब्ल्याक कोन बनाई आउटलाइन तानी १०÷१५ मिनेट सुक्न दिई पानीले धुने र सुकेपछि बाँकी भित्री भागमा ब्राउन मेहदीले बुट्टा कोरी चारपाँच घण्टासम्म सुक्न दिने ।
–सुकिसकेपछि तोरीको तेल लगाई सफा गर्ने ।
–ब्ल्याक मेहदीले छालामा हानि गर्न सक्छ ।
–त्यसैले शरीरको कुनै भागमा एक थोपा मेहदी लगाउने ।
–त्यसबाट कुनै नकारात्मक असर देखिएन भनेमात्र यो मेहदी लगाउनुपर्छ । –अन्यथा, यसले छालामा नराम्रो असर गर्न सक्छ ।
के नगर्ने ?
–मेहदीको रङ गाढा गर्नका लागि त्यसमा ग्रिलिटर, मट्टीतेल, एसिड, पेट्रोल, थिनर (स्प्रिट) जस्ता सामग्री मिसाइने गरिन्छ ।
–यसरी बनाइएको मेहदीले छालालाई हानि गर्छ ।
–यस्तो किसिमका मेहदी लगाउँदा छालामा एलर्जीजस्ता समस्या देखापर्छन् ।
–डाई÷छापवाला मेहदी पनि हानिकारक हुन्छ ।
–छापवाला मेहदीमा विभिन्न किसिमका केमिकलको प्रयोग हुने भएकाले यसले एलर्जीको समस्यालाई निम्त्याउने गर्छ ।
–स्वास्थ्यका दृष्टिकोणले आयुर्वेदिक मेहदी राम्रो हुन्छ ।
–बजारमा पाइने केमिकल युक्त मेहदीको कोनभन्दा घरमा बनाएको मेहदी राम्रो हुन्छ ।

Leave A Comment