सुनको ओछ्यानमा सुत्ने कुखुरा

शुक्रबार, २४ भदौ २०७३, ०९ : २७ शुक्रवार , Kathmandu
सुनको ओछ्यानमा सुत्ने कुखुरा

संसारमा यस्ता मानिस पनि छन्, जसलाई सुत्नका लागि चिसो छिँडी पनि उपलब्ध हुँदैन । अनि, बेलायतमा एउटा यस्तो कुखुरा छ, जो सुनको ओछ्यानमा सुत्ने गर्छ ।
गिगु नाम गरेको यो कुखुराको जीवनशैली कुनै राजाको भन्दा कम छैन । अर्बौं सम्पत्तिको मालिकसमेत रहेको गिगु सुनको ओछ्यानमा सुत्ने, महँगो गाडीमा सवार हुने, भान्छेले पकाएको मीठोमसिनो खाने र नोकरचाकरको स्याहारसुसारमा रहने गर्छ ।
साधारण कुखुरो भन्ठानेर यसलाई समात्ने अथवा काटेर खाने धृष्टता कसैले गर्न सक्दैन । किनकि, यसको सुरक्षामा बडिगार्डको एउटा दस्ता अहोरात्र तैनाथ हुन्छ । गिगुको नाममा एक करोड अमेरिकी डलर बराबरको सम्पत्ति छ ।  
गिगुलाई माइल्स ब्ल्याकवेल नाम गरेका बेलायती धनाढ्यले पालेका थिए । सन् २००२ मा उनको मृत्यु भयो । त्यसको तीन सातापछि उनकी श्रीमतीको पनि मृत्यु भयो । मृत्युअघि नै श्रीमान्श्रीमतीले प्यारो कुखुरा गिगुको नाममा ट्रस्ट खोलेर सम्पत्ति दान गरेका थिए । दुवैको मृत्युपछि उनीहरूको सबै सम्पत्ति गिगुकै नाममा भयो । त्यही सम्पत्तिको आडमा गिगु विलासी जीवन बाँचिरहेको छ ।  
 

Leave A Comment