गर्भबाट पाडो निकालेर शिकार

बुधबार, १२ जेठ २०७३, ०८ : ४९
गर्भबाट पाडो निकालेर शिकार

दक्षिण अफ्रिकाको क्रुगर नेसनल पार्कमा भएको हेर्दैमा आङ सिरिङ्ङ गराउने घटना क्यामेरामा कैद भएको छ । केही बाघले एउटा गर्भवती भैँसीलाई मारेर त्यसको पेट चिरी पेटभित्रको बच्चा निकालेर खाएको तस्बिर अहिले अनलाइनतिर भाइरल भइरहेको छ ।

एउटा बाघले जन्मिनै नपाएको पाडोलाई आमाको पेटभित्रबाट बाहिर निकाली अन्य बाघसँग बाँडचुँड गरी खाएको हो । अफ्रिकाको सबैभन्दा ठूलो गेम रिजर्भसमेत रहेको सो पार्क घुम्न गएको एउटा दम्पतीले हेर्दैमा बर्बर त्यस क्षणलाई क्यामेरामा कैद गरेको हो ।

‘हामीले हेर्दाहेर्दै तीनवटा बाघले हमला गरेर भैँसीलाई मारे र जन्मिनै नपाएको पाडोलाई पेटभित्रबाट निकालेर शिकार गरे । डराउँदै र निकै असहज मान्दै भए पनि हामीले त्यो क्षणलाई क्यामेरामा कैद गर्न भ्यायौँ,’ उनीहरूले भने ।

Leave A Comment