पिँजडामा मान्छे

बुधबार, १२ जेठ २०७३, ०८ : ५१
पिँजडामा मान्छे

चिडियाखानामा पिँजडाभित्र राखिएका जनावरलाई बाहिर खुला ठाउँमा स्वतन्त्रसँग छोडिएका मानिसले अवलोकन गर्ने व्यवस्था मिलाइएको हुन्छ । मानिसले हिँडडुल गरेर पिँजडाभित्र राखिएका जनावरलाई हेर्न सक्छ । तर, हेर्न आउने मानिसलाई थुन्ने र जनावरलाई चाहिँ खुला छोड्ने चिडियाखाना पनि छ भनेको सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यस्तो खालको चिडियाखाना साँच्चीकै उपलब्ध छ ।

यस्तो चिडियाखाना चीनको चोङकिङ शहरमा छ । लिही लिदु वाइल्डलाइफ नाम गरेको सो चिडियाखानामा गाडीभित्र निर्माण गरिएको पिँजडामा दर्शकलाई कैद गरिन्छ र जंगलको बीचमा उनीहरूलाई पु¥याएर प्राकृतिक रूपमा खुला ढंगले विचरण गरिरहेका हिंस्रक तथा दुर्लभ जनावरको क्रीडा हेर्ने सुविधा दिलाइन्छ । बन्द पिँजडाभित्र नभई आफ्नो प्राकृतिक निवासमै जनावर हेर्न पाइने भएकाले सो चिडियाखाना संसारभरि नै नामी छ ।
 

Leave A Comment